नेविसंघ कपिलवस्तु अध्यक्षमा पोख्रेल मनोनित

दाङ,११ भदौ । नेपाल विद्यार्थी संघ कपिलवस्तुको अध्यक्षमा चन्द्रकान्त पोख्रेल मनोनित भएका छन् ।

नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ अनुसार ३ महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी पोख्रेललाई केद्रीय अध्यक्ष दुजाङ शेर्पाले कपिलवस्तु जिल्लाको अध्यक्षको जिम्मेवारी दिएका हुन् । पोख्रेलको मनोनयले संगठन गतिशिल हुनुका साथै नेविसंघले थप उचाई प्रप्त गर्ने विश्वस शेर्पाले लिएका छन् ।

पोख्रेल विद्यार्थीका लोकप्रिय नेता मानिन्छन् । विद्यार्थीका अधिकारका लागि थप सशक्त भएर लाग्ने प्रतिवद्धता पोख्रेलले जनाए । अव नेविसंघलाई सदृढ गर्दै संगठन विस्तारमा लाग्ने जनाएका छन् ।