घोराही, ११ भदौ । दाङको बंगलाचुलीमा टिप्परको ठक्करबाट एक जना गम्भीर घाइते हुनुभएको छ । घोराही सिमेन्ट उद्योगका लागि तापाबाट चुनढुंगा ल्याएर फर्किने क्रममा टिप्परले बंगलाचुली गाउँपालिका वडा नम्बर ४ तल्लो काभ्रे निवासी ३३ वर्षका युवराज अधिकारीलाई ठक्कर दिदा गम्भीर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने रा १ ख २२८४ नम्बरको टिप्परले रा ६ प ५२४५ नम्बरको मोटर साईकललाई ठक्कर दिदा अधिकारी गम्भीर घाइते हुनुभएको हो । घाइते अधिकारीलाई बंगलाचुली अस्पतालमामा सामान्य उपचार पछिथप उपचारकाका लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
कमिरेचौरबाट घरफर्किदै गर्नुभएका अधिकारीलाई वडा नं. ४ को ठाटीगैरामा टिप्परले ठक्कर दिएको थियो । टिप्परले ठक्कर दिएपछि दोषीलाई कारवाही गर्नुपर्ने र बिरामीको गर्नुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेको प्रहरीले जानकारी दिएको छ ।