गोरक्ष समाचारदाता
घोराही,१० भदौ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ घोराहीको नगर समिति गठन गरिएको छ । आइतवार घोराहीमा भएको भेलाले समिति गठन गरेको हो ।
भेलाबाट रामप्रसाद पोख्रेलको अध्यक्षतामा ६५ सदस्यीय समिति, १५ सदस्यीय सचिबालय र तीन सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा आशाकिरण पान्डे, सचिब मोहन कालाथोकी, सहसचिब हरी घर्ती, कोषाध्यक्षमा बसन्त केसी रहेका छन् । सचिबालय सदस्यहरुमा हरी बन्जाडे, मेघप्रसाद खरेल, भुवानन्द बन्जाडे, भिमकान्त पन्थी, कमल पन्थी, नसिब मिया, हरी नेपाली, नरेश खडका, हरी खनाल र श्याम पुन रहेका छन् ।
सदस्यहरुमा झबिन्द्र खनाल, युबराज पोख्रेल, जीतबहादुर पुन, बसन्ता पौडेल, बिष्णु पन्थी, गोपाल बन्जाडे, सावित्री गौतम, हिरा क्षेत्री, प्रेम सुनार, कमल खडका, युबराजा खनाल, भरत पछाइ, सन्तराम श्रेष्ठ, बसन्त वली, बेदुराम भुसाल, पूर्ण नेपाली, कृष्ण खनाल, केशव खनाल, बुद्धिराम खरेल, रामबहादुर केसी, बिनोद पाण्डे, मनिराम पोख्रेल, जितमान पुन, केशब खरेल, रुपलाल बुढा, डोरबहादुर केसी, सन्तोष नेपाली, भिमनारायण पुरी, श्रबण रावत, रामबहादुर कार्की, मियालाल सार्की, बसन्त रावत , बाबुराम खनाल, कर्णबहादुर रावत, कल्पना घर्ती, लङ्कबहादुर बुढाथोकी, रेशम केसी र बाबुराम भुसाललगायतका रहेका छन् ।
समितिको सल्लाहकारमा कुलदिप न्योपाने, चन्द्रमणि गैरे र राधा बन्जाडे रहेका छन । भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले संगठन र देशको राजनीतिको विषयमा समसामयिक प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । भेलाले आगामी असोज महिनामा हुने दाङ जिल्ला उधोग बाणिज्य संघको निर्बाचनको विषयमा महत्वपूर्ण छ्लफल गरेको जिल्ला अध्यक्ष पोख्रेलले जानकारी दिएका छन् ।