घोराही,७ भदौ । दाङ जिल्ला हाप्किडाे संघमा नयाँ नेतृत्व चयन गरिएको छ । बिहीबार बेलझुण्डीमा भएको खेलाडीहरुको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७, नेपाल हाप्किडो संघको दोश्रो संशोधित बिधान २०८० अनुसार जिल्ला खेलकुद बिकास समिति बेलझुण्डी दाङमा भएको प्रशिक्षक तथा खेलाडीहरुको भेलाले दाङ जिल्ला हाप्किडो संघ गठन भएको हो ।
नेपाल हाप्किडो संघ लुम्बिनी प्रदेश सचिव मो. मोहसिन हलुवाईको अध्यक्षता र जिल्ला खेलकुद बिकास समिति दाङका कार्यालय प्रमुख शान्ति सोमै थापामगरको उपस्थितीमा भएको भेलाले महेश गुरुङको अध्यक्षतामा दाङ जिल्ला हाप्किडो संघ गठन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा एलिसा खड्का, सचिवमा अस्मिता नेपाली, कोषाध्यक्षमा दिलिप बुढाथोकी, सदस्यहरुमा अनिता भण्डारी, रुपा कुमारी बुढा मगर र चित्र बुढा मगर चयन भएका छन ।