घोराही, ७ भदौ । क्यान्सर पीडित रिता गोतामेले उपचारमा सहयोग गरिदिन आग्रह गरेकी छिन । घोराही उपमहानगरपालिका–१५ मा बसोवास गर्ने ५८ बर्षीय रिता गोतामेले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर घरको आर्थिक कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकी हुन ।
पेटको क्यान्सरबाट पीडित गोतामेले आर्थिक अभावमा अप्रेसन गर्न नसकेको बताइन । ‘विगत तीन बर्षदेखि बिरामी थिए, चेक गराउँदा क्यान्सर रहिछ’,उनले भनिन्,‘क्यान्सर भएका कारण अप्रेसन गर्नुपर्ने डक्टरले भन्छन,तर अप्रेसन गर्ने पैसा छैन,जसले गर्दा शरिरमा रोग पालेर बस्नु परेको छ ।’ अप्रेसन गर्ने पैसा नहुँदा किलो चढाउँदै बस्नु परेको उनले बताइन ।
बस्नलाई घरपनि नभएको बताउने गोतामले घोराही उपमहानगरपालिका–१५ जिल्ला प्रशासन कार्यालय नजिकै १५ बर्षे तिर्नेगरी जग्गा भाडामा लिएर टहरो बनाएर बस्दै आएको बताइन । ‘हेटौडाबाट आउँदा राम्री थिए, दाङ आएपछि बिरामी भए । अस्पतालमा गएर चेक गराउँदै उपचार गर्दा ८ लाख बढी खर्च भइसक्यो’,उनले भनिन्,‘अझै अप्रेसन हुन सकेको छैन,अहिले किलो चढाउनलाई समेत पैसा छैन ।’ श्रीमानले रिक्सा चलाएर कमाएर र छोराले अस्पतालमा काम गरेर कमाएको पैसाले अहिलेसम्म उपचार गरेपनि अप्रेसन गर्न पैसा नपुगेको बताइन ।
उनका अनुसार चितवनस्थीत क्यान्सर अस्पतालमा गएर किलो चढाउँदा एक पटकमै ५० देखि ६० हजार रुपैया खर्च हुने गरेको छ । गरिव दुखीहरुलाई उपचारमा समस्या हुने गरेको सहयोगको सहयोग भयो भने आफु बाच्न चाहेको समेत बताइन । सहयोगका लागि उनले रिता गोतामेको नाममा घोराहीस्थीत कुमारी बैंकमा रहेको खाता नं. १५१०१२५१४१०००००१ मा पैसा जम्मा गरेर सहयोग गर्न सकिने बताइन ।