प्रमोद आचार्य,
दंगीशरण, ७ भदौ । दंगीशरण गाउँपालिकामा वाख्रा उपचार कार्यक्रम सम्पन्न भएको छ । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता तथा हेफर प्रोजेक्टको साझेदारीमा सञ्चालित परियोजना, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग, तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा उपहार कार्यक्रम वडा नं.७ को सिम्ठानामा सम्पन्न भएको हो ।
गत वर्र्षदेखि सञ्चालित बाख्रा उपहार कार्यक्रम अन्तर्गत वितरण गरिएको माउ बाख्राबाट उत्पादीत उपहार बाख्रा समुहका अन्य सदस्यहरूलाई एक कार्यक्रमका विच प्रदान गरिएको हो । दंगीशरण कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशीलता साझेदारी अन्तर्गत वडा नं.७ को सिम्ठानामा रहेको बेलपत्र समुहका सदस्यहरूले मनकामना समुहका सदस्यहरूलाई बाख्रा उपहार प्रदान गरेका हुन् ।
गाउँपालिकाको ७० प्रतिशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत सहयोगमा दंगीशरणमा कृषि तथा पशु पन्छिको क्षेत्रमा प्रभाबकारी काम गर्न परियोजना लागु गरिएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । अध्यक्ष गिरीले भौतीक पुर्वाधारलाई मात्र विकास नठानि किसानी जनताको आर्थिक अवस्था मजबुत र सबैको चेतनाको विकास गर्नसके मात्र आफुहरूको नारा समुन्नत दंगीशरण हाम्रो परिकल्पना नाराले सार्थकता पाउने बताए ।
कार्यक्रममा वडा न ७ का वडा अध्यक्ष रेशम वलीले सानो स्रोत बाट ठुलो उपलब्धि प्राप्त गर्न बाख्रा उपहार कार्यक्रमले ठुलो सहयोग मिल्ने बताए । कार्यक्रम बेलपत्र समुहका अध्यक्ष तुलसा न्यौपानेको अध्यक्षतामा भएको थियो । बेलपत्र समुहका सचिब नबिन खड्काको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण हेफर प्रोजेक्ट नेपालका कार्यक्रम सयोजक गोमा भट्टराईले गरेकी थिइन् ।