प्रेस युनियन रुकुम पूर्वको अध्यक्ष बिसी निर्वाचित

रुकुम पूर्व,२ भदौ । नेपाल प्रेस युनियन रुकुम पूर्वको ऐतिहाँसिक प्रथम जिल्ला अधिवेशनले चेतकुमार बिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार रुकुमकोटमा भएको अधिवेशनले बिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षको पुजा बिसी र बसम मल्ल चयन भएका छन् । सचिवमा प्रभा बस्नेत, सहसचिवमा उषा थापा, कोषाध्यक्षमा सामना बुढाथोकी निर्वाचित भएको निर्वाचन समितिका संयोजक भिमबहादुर खड्काले जानकारी दिएका छन् । संयोजक खड्का अनुसार समितिको सदस्यहरुमा दिलीप चन्द, कृतिमा बिसी, अनु हमाल, प्रमिला बिक, शिव बुढाथोकी, सूचना बुढा र लिङकल गौतम निर्वाचित भएका छन् । निर्वाचन समिति संयोजक खड्का अनुसार कार्यसमितिको सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन ।

अधिवेशन आयोजक समितिका संयोजक चेतकुमार बिसीको अध्यक्षतामा तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेलको प्रमुख आथित्यतामा एवं जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ र नेपाली काँग्रेस रुकुम पूर्वका उपाध्यक्ष भिमबहादुर खड्काको बिशेष आथित्यतामा भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश समिति सदस्य सरिता बिसी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष मैत्या घर्तीमगर, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सर्जना कार्की, डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्र खड्का, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नरेन्द्र बुढा, रुकुम उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु रेग्मी, नेपाल प्रेस युनियन कर्णाली प्रदेश समितिका सदस्य प्रेमप्रकाश ओली, सिस्ने गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बीरेन्द्र बस्नेत, वडा नम्वर ६ का वडा अध्यक्ष पूर्णबहादुर मल्ललगायतको अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।