शिवराज खनाल
दाङ २ भदौ । देउखुरी मोबाईल तथा ईलेक्ट्रोनिक्स ब्यवसायी संघ लमही दाङले पर्यटकीय क्षेत्र कुलपानीमा बृक्षारोपण तथा डस्टबिन बितरण गरेको छ । संघले धार्मिक एवं पर्यटकिय क्षेत्रलाई हराभरा बनाउने उद्देश्यले गढवा गाउँपालिका वडा नं. १ मा रहेको कुलपानी पर्यटकिय क्षेत्रमा बृक्षारोपण गरेको हो ।
ूहरित पार्कको फोहोर ब्यबस्थापन र पार्कको सौन्दर्यतामा थप होस्, सार्बजनिक क्षेत्रको संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ भन्ने सन्देश दिन बृक्षारोपण तथा डस्टबिन बितरण गरिएको संघका अध्यक्ष जागेश्वर बसेलले बताएका छन् ।
पर्यटकिय नगरी बनाउन हामी व्यवसायीले सक्नेसम्मको सहयोग गर्ने बताउदै अध्यक्ष बसेलले देउखुरीको पर्यटकीय क्षेत्रमा मोबाईल तथा ईलेक्ट्रोनिक्स ब्यबसायी संघ हरेक कुरामा सकारात्मक रही काम गर्दै आएको र गर्ने कुरामा प्रतिबद्ध रहेको जानकारी गराए ।
विभिन्न प्रजातिको रूख तथा फुलहरू गरि २५ बढि बिरुवा लगाई कुलपानी क्षेत्रको प्रबर्द्धन थोरै टेवा पुर्याएको संघका उपाध्यक्ष जितेन्द्र गुप्ताले बताए । ‘हामीले एउटा संदेश पनि दिएका छौ , सबैले यसै गरि हाम्रा क्षेत्रका प्रयटकिय क्षेत्रमा टेवा पुर्याउन हातेमालो गर्ने हो भने हराभरासंगै प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका निर्बाह हुन्छ’,गुप्ताले भने ।
यस सस्था विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको छ । बृद्धा आश्रममा सहयोग, रक्तदान कार्यक्रम, तत्काल रगत आबश्क पर्नेका लागि रक्तदान मोबाइल टोली, विपन्न परिवारमा सहयोग समेत गर्दै आएको संघका महासचिब राजेशकुमार गुप्ताले जानकारी दिएका छन् ।
‘मोबाईल तथा ईलेक्ट्रोनिक्स ब्यवसायी गर्ने साथीहरू एक जुट हौं, ब्यवसायको निम्ति तथा समाजसेवामा सबै जुटन आबस्यक छ’, महासचिव गुप्ताले भने । गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला कुलपानी हरित पार्कमा घुम्न र वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ । पार्क बाह्र हेक्टर क्षेत्रमा फैलिएको छ ।