घोराही १५ ले राहात संकलन गर्ने

विवेक खड्का

घोराही बैशाख ४ । घोराही उपमहानगरपालिका वडा नम्वर १५ ले लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका विपन्नवर्गलाई खाद्यान्न तथा अत्यावस्यक बस्तु अभाव हुन नदिन राहात संकलन गर्ने निर्णय गरेको छ । वडा नम्वर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेयको अध्यक्षतामा आज वसेको सर्वदलिय सर्वपक्षिय वैठकले यस्तो निर्णय गरेको हो ।

लकडाउनका कारण सवै भन्दा वढि दैनिक ज्याला मज्दुरी गरिखाने वर्ग समस्यमा परेकोले उनिहरुका लागी राहात संकलन गरी वितरण गर्ने निर्णय गरेको छ । वैठकले विभिन्न संघ संस्था उद्वोगी व्यवसायी तथा व्यक्तिहरुमा सक्दो सहयोगका लागि अपिल पनि गरेको छ । वैठकले दाताहरुको सहयोगलाई सम्वन्धित वर्गमा पुर्याउन राहात सङ्कलन तथा वितरण कार्यलाई पारदर्शि वनाउन वडा अध्यक्ष रमेश कुमार पाण्डेयको अध्यक्षतामा ५ सदस्यिय अनुगमन तथा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । जसको सदस्यमा ने क पा का वडा अध्यक्ष राजकुमार अधिकारी नेपाली काँग्रेसका शिशिर अधिकारी राष्ट्रिय जनमोर्चाका राम प्रसाद पोख्रेल र मालेका कपिल पोख्रेल रहनु भएको छ ।

आज वसेको सर्वदलिय सर्वपक्षिय वैठकले वडा नम्वर १५ भएका टोल विकास सस्थाहरुलाई लक्षित व्यक्तिहरुको पहिचान गरी वडा कार्यालयमा सिफारी गर्न पनि भनेको छ । राहात संकलन तथा वितरणको कार्य अनुगमन तथा सुपरिवेक्षण समितिको अनुगमन र उक्त समितिको सिफारीसमा मात्रै गरिने अध्यक्ष रमेश कुमार पाण्डेयले जानकारी दिएका छन । अध्यक्ष पाण्डेयले दैनिक ज्याला मज्दुरी गरिखाने वर्गलाई सहयोग गर्न मनकारी संघ संस्थाहरुको यस अघिको सहयोगको प्रशंसा गर्दै फरी पनि विगत झैं खाद्य सामग्री वा नगद सहयोग गर्न अपिल गरेका छन । फेरी लकडाउन अवधि थपिएकोले विश्वनै कोरोना भाइरसवाट जुधीरहेको सङ्टको यो वेला सवै एक भएर अगाडी वढ्नुको विकल्प नभएकोले सवै नगरवासी घर भित्रै वसी नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई सहयोग गरिदिन अध्यक्ष पाण्डेयले अपिल पनि गरेका छन ।

वैठकले कोभिड १९ का विरुद्ध सचेतना जगाउन टोल विकास संस्थाहरुलाई सुझाउने र आवश्यक पर्नेहरुका लागी मनोसामाजिक विमर्श सेवा समेत संचालन गर्ने निर्णय गरेको छ । साथै वैठकले कोभिड १९ का कारण निजि तथा सरकारी अस्पतालहरुमा अन्य विरामीरहरु मर्का परेको खण्डमा आवश्यक सहयोग गर्ने जसका लागी सशुल्क एम्वुलेन्स समेत संचालन गर्ने निर्णय समेत गरेको छ । सर्वदलिय सर्वपक्षिय वैठकमा घोराही उपमहानगरपालिका वडा न १५ मा प्रतिनिधित्व गर्ने राजनैतिक दल तथा विभिन्न संघ संस्थाहरुको सहभागिता थियो ।