बालाराम खड्का
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वरिष्ठ वित्तीय अधिकृत ललितबहादुर घर्तीले कोरोना राहत कोषमा रू ५५ हजार सहयोग गरेका छन् । कोरोना संक्रमणको उद्धार र व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा वित्तीय अधिकृत घर्तिले राहत कोषमा सहयोग गरेका हुन् । उनले नगरप्रमुख पाण्डेलाई ५५ हजार सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।
लकडाउनको समयमा कामगरि खाने गरिब र विपन्न वर्गको घरमा खाद्यान्न अभाव नहोस् भन्नका लागि सहयोग गरेको वताए । ‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको छ’ घर्तीले भने ।
उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । चेक ग्रहण गर्दै नगरप्रमुख पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए । उनले कोषमा सहयोग रकम हस्तान्तरण गर्ने घर्ती लगायत सवैलाई धन्यवाद दिएका छन् ।