योग शिक्षालाई राष्ट्रिय पाठ्यक्रममै राखिनुपर्छ : युवा प्रभारी आचार्य [ अन्तर्वार्ता]
योगको अर्थ समग्रमा जोड हो । यही अभ्यासलाई आत्मसात गर्दै योगा अभियान पछिल्लो समयमा विश्वव्यापी स्वास्थ्य अभियानसँग जोडिएको छ । खासमा दीर्घरोगीका लागि योग अभ्यास एउटा वरदान बनेको छ । आधुनिक स्वास्थ्य विज्ञानले पनि योगालाई पाठ्यक्रममै राख्ने प्रयास गरे पनि त्यो सार्थक हुन नसकेपछि योगाकै स्वरुपमा फिजियोथेरापीका संस्थाहरु खुलिरहेका छन् ।
संस्था जेजस्तो खुले पनि मानव शरीरलाई स्वस्थ र उर्जाशील बनाउने सबै निकायको सामूहिक दायित्व पनि हो । खासमा योग शिक्षालाई राष्ट्रिय पाठ्यक्रममै राखिनु पर्दछ भन्ने पनि आफूहरुको अभियान भएको उनको अभिव्यक्ति थियो । योगा अभ्यास र यसका महत्वका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी सुलोचना गौतमले योगाका युवा प्रभारी योग गुरु केतनारायण आचार्यसँग गरिएको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
योगले के गर्छ र किन गर्न आवश्यक छ ?
योग वास्तवमा भन्नुपर्दा मानव स्वास्थ्यका लागि जोड हो । अर्थात मानव जीवनलाई स्वस्थकर हुने जीवनशैली, आहारविहारको व्यवस्थापन, व्यवहार र आचरणमा सुधार अनि यसलाई नित्य कर्ममा परिणत गर्ने एउटा नयाँ विज्ञान पनि हो । शरीरसँग मन जोड्ने, मनसँग आत्मा जोड्ने, आत्मासँग परमात्मा जोड्ने कला योग हो । शरीरले जे कुरा मागिरहेको छ, त्यो कुरा मनले थाहा पाउन जरुरी छ । मनको कुरा आत्मैबाट सही छ कि छैन भन्ने कुरा जान्नुपर्ने हुन्छ । त्यो जानकारी भएमा मात्र परमात्माको ज्ञान प्राप्त हुने छ । परमात्मालाई पाउने भनेको योग साधकहरूले मात्रै हो ।
योगले शरीर मनलाई सँगसँगै राख्न पनि मद्दत पुराउँछ । यसैले मात्र आत्मा वा मन पवित्र ज्ञानमा जोडिएको हुन्छ । हामीभित्र भएका नकारात्मक चिजलाई बाहिर निष्कासन गर्न योगाभ्यासले मद्दत गर्दछ । चाहे खराब वायु हाम्रो फोक्सोमा प्रवेश गरेको होस् वा मनमा नकारात्मक अभिव्यक्ति भरिएका होउन्, यसलाई योगाका माध्यमबाट बाहिर निकालेर मानव शरीरलाई शुद्ध बनाउन सकिन्छ । जब हामी सदैव पोजेटिभ हुन्छौँ अनि हामी के गर्न हुने, के गर्न नहुने भन्नेबारे विज्ञ हुने छौँ र समाज रूपान्तरणमा मद्दत हुनेछ । योगले शरीर र मन स्वस्थसँगै धन पनि स्वस्थ राख्न सहयोग गर्दछ ।
दाङमा योगाभ्यासमा कत्तिको सहभागिता रहेको छ ?
दाङ वास्तवमा भन्नुपर्दा योगको राजधानी मानिन्छ । कोरोना सङ्क्रमणकालभन्दा पहिला दाङ जिल्लाभर एक सय ९३ योग शिविर सञ्चालनमा आएका थिए । जसमा ५० देखि २ सय जनासम्म एउटा शिविरमा जम्मा हुन्थे र अभ्यास पनि गर्दथे । कोरोनाको बेला समूहमा बस्न नमिल्ने भएप्छि दुई वर्ष म आफै संयोजक भएर जुमबाट योग गराए । प्रत्येक दिन २ सय जना जति हुन्थे । लाइभ पनि गर्ने गरिन्थ्यो । हाल आएर पुनः भौतिक उपस्थितिमा क्लासहरू सुरु भएका छन् । अहिले जिल्लामा ६६ क्लास छन् । जसमा ३ हजार ६ सय योग शिक्षकको सङ्ख्या पुगेको छ , योग गर्ने त हजारौँको सङ्ख्यामा छन् ।
योगप्रति मानिसको सहभागिता बढाउन के गर्न आवश्यक देख्नुहुन्छ ?
योगप्रति मानिसको सहभागिता अत्यन्तै उत्साह समय तरिकाबाट भइरहेको छ । हामी गाउँ–गाउँ जान्छौँ । पाँचदिने, सातदिने योग सेमिनार चलाउँछौँ । त्यस बेला प्रत्येक गाउँ, टोल जहाँ शिविर चलाए पनि सयदेखि २ सयसम्मको सङ्ख्या हुने गरेको छ । योग गर्नका लागि उत्साहित भएर मानिस आउने गरेका छन् तर नियमित योग गर्नका लागि स्थानको अभावका कारण धेरै ठाउँमा नियमित हुन सकेको छैन ।
जिल्लाभरि दक्ष जनशक्तिको अभाव छैन । हामीसँग जति पनि जनशक्ति छ । योग गर्ने हलको अभावका कारण बर्सातको समयमा खुल्ला मैदानमा गर्न नहुँदा गाउँघरतिर समस्या हुने गरेको छ । जसका कारण धेरै स्थानमा योग कक्षाहरू बन्द भएका छन् । प्रत्येक नगर, वडा तथा टोलहरूमा बहुउद्देश्यीय हल योग भवन, ज्येष्ठ नागरिक भवन बनाउन हो भने राम्रो सहभागिता हुने देखिन्छ । हाम्रो चाहना र माग पनि के हो भने स्थानीय सरकारले पनि योग शिक्षा र योगाभ्यासलाई प्राथमिकतामा राखोस् भन्ने हो । त्यसैले पनि हामीले स्थानीय सरकारलाई जागरुक बनाइरहेका छौँ ।
योग भ्यास कतिबेला गर्न उपयुक्त मानिन्छ ?
योगाभ्यास बिहानको समयलार्ई अति उपयुक्त मानिन्छ । बिहान ५ बजेदेखि ७ बजेसम्मको समय अन्तर्राष्ट्रिय योगको समय भन्छिन् । असाध्यै रोगी बाहेक योग गर्न चाहने मानिसले खालीपेट जुन बेला पनि योग गर्न सकिन्छ । यदि यो बेला सबै वातावरण मिलेन भने साँझपख पनि योगा प्रणायाम गर्न सकिन्छ । योगा मन र आत्मा अनि आत्मा र परमात्मालाई जोड्ने अभ्यास भएकाले जुनसुकै समयमा पनि योगभ्यास लिन सकिन्छ ।
नियमित योग अभ्यासले मानिसलार्ई के फाइदा हुन्छ ?
पहिले–पहिले ऋषिमुनिहरूले मात्र गुफामा बसेर योग गर्थे र २ सय, ३ सय वर्ष बाँच्थे । सरा जगतको कल्याणनको लागि निरन्तर काम गर्थे । विस्तारै युगको परिवर्तन भयो वा समयको परिवर्तन भनौँ मानिसमा विलाशिताले छोप्दै गयो । योग, ध्यान गर्न छोडे, खाद्य पदार्थको सेवनको सुरुवात भयो । विगतको ७÷८ पूर्वत सम्मको योग भन्ने कुरा हरायो । हुन त योग शिव भगवान देवाली वा महादेवका पालादेखि भगवान कृष्णका पालादेखि हुँदै आएको थियो । बिचमा लोप भएका कारण हुन सकेन ।
योगले के फाइदा गर्छ भन्दा पनि के गर्दैन भन्दा हुन्छ । योगका माध्यमबाट शरीरमा लाग्ने सम्पूर्ण रोग जरैबाट निको पार्छभन्दा योगलार्ई तुच्छ दृष्टिले हेरेझैँ हुन स्क्छ । रोग त योग सर्ने मानिसका लागि सामान्य कुरा हुन्छ । योग गर्ने मानिसको ९९ प्रतिशत रोग ६–९ महिनामा नियमित योग गर्ने हो भने हराएर जान्छन् । त्यसपछि मात्रै योगको सही फाइदा हुन थाल्छन् । शरीरभित्र भएका सम्पूर्ण विकार र फाल्न भने भित्रका नकारात्मक त्रियाकलाप सोचलार्ई परिवर्तन गर्ने चरित्रवान् नागरिक निर्माण गर्न मद्दत गर्नछ । म चेतनशील प्राणी भएका कारण मैले गर्नैपर्ने काम कर्तव्य के हो भन्ने कुराको बोध गराउँछ । अहिलेको हाम्रो सामाजले विकराल रूप लिएको छ । यसलार्ई सही ढङ्गबाट चलाउन पनि योगले मद्दत गर्दछ ।
नियमित योग अभ्यास सबै नागरिकले गर्न मिल्छ ?
मानिसको शारीरिक अवस्था हेरेर सबै नागरिकले नियमित योगाभ्यास गर्न मिल्छ । शरीरको प्रकृति हेरेर गति चयन गर्नुपर्ने हुन्छ । असाध्यै रोगीले कस्तो प्रकृतिको रोग छ, त्यसको पहिचान गरेर योग गर्न मिल्छ । यसैसँग सम्बन्धित भजन छ,
हिन्दु, मस्लिम, वैद्य, किराती या होस सिख इसाई,
जात धर्मको छैन सिमाना योग गरौ सव आई ।
बालक, तरुण, वृद्ध अपांग स्वस्थ र रोगलार्ई
लिंग, उमेरको छैन सिमाना,योग गरौ सव आई ।
छाड्न सकेमा मांस,मदिरा,धुवागुटका खैनी
छुट्छ बिमारी आधा आफै सुन है भाइबैनी ।
त्यसकारण यदी मनुस्य हो, भने सबैलार्ई
योग गर्न मिल्छ,ढुक्क भएर योग गर्दा हुन्छ ।
योग अभ्यासलार्ई गाउँगाउँसम्म पु¥याउने अभियानमा जुट्नुभएको छ । मानिसहरूको योगप्रति अहिलेसम्म कस्तो सहभागीता पाइरहनुभएको छ ?
योग अभ्यासलार्ई हामी गाउँगाउँमा पु¥याउने प्रयासमा छौ । स्वामीजी महरा जिसँग दिक्षा लिदा वा एडभान्स कोर्ष लिन हरिद्धार जादा उहाँबाट आर्शीवादका रुपमा भनौ वा प्रसादका रुपमा भनौ गाउँको अन्तिम मानिससम्म योग पु¥याउने अठोट लिएर आएका छौ । उहाँको उद्देश्य छ, अन्तिम जनसम्म योग पु¥याई पैसा नभएका कारण योगबाट मनुश्यलार्ई दुख कष्ट भोग्न परोस भन्ने जुन लक्ष्य छ, तयसमा १ इटा थप्न सकिन्छ कि भनेर लागि रहेका छौ । मानिसहरू हामी गाउँमा जादा उती उत्साहित हुन्छन सहभागीता पनि राम्रै हुन्छ ।
योग नियमित गर्नुपर्ने चिज हो, शिविरमा मात्र सिमित राख्दा फेरी निराशा हुन्छन सकेसम्म नियमित कक्षा बनाउने कोसिस पनि गर्छौ । योग एउटा तपस्या हो,नियमित गर्न सारै कठिनाई पनि छ । त्यसकारण शिविरमा सहभागी जति जम्मै नियमित हुन सक्दैन । दाङको परिपेच्छमा हेर्ने हो भने गाउँमा घरायासी काम धन्दा हुने भएकाले विहानको समयमा त्यती मानिसको उपस्थीति भनौ वा सहभागीता कम हुने र सहरमा बस्ने निम्न वर्ग वा माध्यम बर्गका मान्छे योगमा आक्रसित छन ।
अलि आफुलार्ई उच्च वर्गको ठान्नेहरू सिदै यलोपेथिकमै विस्वास गर्ने भएकाले योगको त्यति धेरै विश्वास गर्ने गरेको देखिदैन । त्यती हुँदाहुँदै पनि दाङको सहभागीतामा थाम्नै नसकिनेगरी बढेको छ । योग ९९ प्रतिशित प्रयाक्टिीकल र १ प्रतिशत मात्रै ..हुने भएकाले जानेका छौ भन्ने मानिस धेरै भएतापनि आफैले नगर्दासम्म नहुने भएकाले स्वयम नै गर्नुपर्ने हुन्छ ।