दाङ, २१ साउन । घोराही उपमहानगरपालिका १५ धनपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा तथा ५औँ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पिताम्बर पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा उपप्रमुख डिसीले सहकारीको सिद्धान्तलाई अक्षरस पालना गरेर सहकारी सञ्चालनमा ध्यान दिनुपर्ने बताइन् । बचत गर्ने बानीको विकाससँगै आम्दानीको स्रोत पहिचान गरी उद्यमशील बन्नु पर्ने उनको भनाइरहेको थियो । घोराही उपमहानगरपालिका सहकारी प्रबद्र्धन शाखा प्रमुख प्रेम केसी, सहकारी अभियन्ता होमलाल भुसाल, राष्ट्रिय सहकारी बैंक घोराहीका डिल्लीराज दाहाल, गणेशकुमार गौतम, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका गिरिराज अधिकारीलगायतले सहकारीलाई ऋण लगानीको आधारमात्रै नभइ उद्यमशीलता विकासका कार्यक्रम ल्याएर आफ्ना सदस्यलाई आयमूलक काममा आबद्ध गराउने योजना ल्याउनुपर्ने बताए ।
९ सय ७३ जना शेयर सदस्य रहेको सहकारीको असार मसान्तसम्म ६ करोड २ लाख ९६ हजार रुपैयाँ शेयर पँुजी रहेको छ । गत वर्ष ३ करोड ५८ लाख ७४ हजार ४ रुपैयाँ निक्षेप सङ्कलन गरेको धनपति सहकारीमा असार मसान्तसम्म ३ करोड ३२ लाख ९४ हजार २० रुपैयाँ बचत रहेको छ । कोषाध्यक्ष खगेश्वर पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार, गत आर्थिक वर्षमा कूल ८ करोड ८ लाख ४३ हजार ६ सय ३९ रुपैयाँ सम्पत्ति रहेकोमा चालु आर्थिक वर्षमा शेयर सदस्य सङ्ख्या ११ सय पु¥याउने र ८ करोड ९० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे । यस्तै गत आर्थिक वर्षमा गरिएको ऋण लगानी तथा विभिन्न शुल्कबाट ६८ लाख ५४ हजार २ सय ५९ रुपैयाँ आम्दानी भएको छ । सबै खर्च कटाएर १४ लाख ९३ हजार एक सय रुपैयाँ मुनाफा कमाएको छ ।
सहकारीद्वारा ३१ जनालाई सम्मान
धनपति बचत तथा ऋण सहकारी संस्थाले वर्षभरि सहकारीमा गरेको योगदानलाई मूल्याङ्कन गर्दै आफ्ना ३१ जना शेयर सदस्यलाई सम्मान गरेको छ । जसअनुसार, नियमित मुद्धति बचतकर्ता पोषणराज पौडेल, उत्कृष्ट बाल बचततर्फ शृष्टि पाण्डे, विश्वराज रेग्मी, सोनिसा रावत, जेशन बिसी, प्रज्ज्वल पौडेल, सहाना पाण्डे, युकेश पौडेल, प्रार्थना न्यौपाने, ज्येष्ठ नागरिक बचततर्फ डोमलाल पौडेल, रेवती रावत, दामोदर शर्मालाई सम्मान गरेको छ ।
यसैगरी पेन्सन बचततर्फ पवनकुमार आचार्य, दैनिक बचतकर्तातर्फ सूर्यबहादुर पुन, लोकबहादुर चौधरी, रुपबहादुर घर्ती, सरस्वती केसी, रोमहर्ष सुवेदी, खिमबहादुर केसी, उत्कृष्ट बचत तथा ऋणकर्तातर्फ रामे रोका, भोजराज उपाध्याय, तुलबहादुर वली, किरण नेपाली, यादव पाण्डे, विवेक पाण्डे, मासिक बचततर्फ लीलाधर वली, रुमा केसी, सुरेन्द्र चौधरीलाई सम्मान गरेको छ । सहकारीले संस्थाको सामाजिक उत्तरदायित्व स्वरूप कृतिका महरा, प्रकृति महरालाई रकम सहयोग गरेको छ । कार्यक्रमको सहजीकरण उपाध्यक्ष बब्लु पाण्डेले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
यसैबिच सहकारीको १३औँ साधारणसभा तथा पाँचौ अधिवेशनले बब्लु शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा खगेश्वर पौडेल सचिवमा मधुसूधन भट्टराई, कोषाध्यक्षमा बसन्त पोख्रेल रहेका छन् । यसैगरी सदस्यमा कृष्णकुमार न्यौपाने, उषा सुवेदी, धना पाण्डे, हरिदेवी आचार्य र पोषणराज पौडेल रहेका छन् ।