Goraksha

National Daily

राप्ती उद्योग वाणिज्य संघले राप्ती गापालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने

ओमप्रकाश गुप्ता

भालुवाङ ३ वैशाख । दाङ देउखुरीको राप्ती उद्योग वाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा संघका पुर्व अध्यक्ष ताराबहादुर डिसीको विशेष उपस्थितिमा बुधबार अाफ्नै कार्यालयमा सामाजिक दुरी कायम गरि बसेको बैठकले सो निर्णय गरेको हो ।

विश्व व्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले राप्ती गाउँपालिका भित्रका नागरिकलाई राहत प्रदान गर्न संघले संस्थाको कोषबाट सो रकम उपलब्ध गराउने र बाँकी उद्योगी,व्यापारीबाट समेत संकलन गरि थप ३ लाख बराबरको खाद्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ । त्यसै गरि बैठकले दैनिक खुल्दै अाएका किराना तथा खाद्यान्नका पसल अव हप्ताको ३ दिन अाइतवार,मंगलबार र विहिवार विहान ६ देखि ९ बजे सम्म मात्र खोल्ने निर्णय गरेको छ भने बजारमा हुने कालोबजारी,कृतिम अभाव सिर्जना हुन नदिन र लकडाउनको पुर्ण पालाना भए नभएको,सामाजिक दुरी कायम भए नभएको लगायतका विषयमा अाफ्नो कार्यक्षेत्र भित्र अनुगमन गर्न विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी समेत तोकेको छ ।

जस अनुसार वडा नम्बर १ मा संघका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की,सल्लाहकार नारायण शर्मा,बुधर अलि वडा नम्बर २ मा संघका महासचिव सुरज खड्का,लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसाल,वडा नम्बर ३ मा संघका कोषाध्यक्ष श्रीधर खत्री,सन्तोष अधिकारी र ४ नम्बर वडामा संघका सदस्य सन्तोषकुमार गुप्ता र माैरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेतलाई जिम्मेवारी तोकेको छ । बैठकको सहजीकरण संघका महासचिव सुरज खड्काले गरेका थिए ।