Goraksha

National Daily

सामाजिक दुरी कायम गर्दै खेतवारीमा काम

लिलाधर वली

दाङ, बैशाख ३ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण शहर सुनसान बनेको छ । मानिसहरु घरभित्र बसेर दिन काट्दै आए पनि गाउँघरमा भने किसानलाई हिउँदे बालीका रुपमा रहेका गहुँ, जौ, चनालगायत बालीहरु काट्नु, खल्यानमा ल्याउनु र दाई गरि घर भित्र्याउन बेस्त रहेका छ्न् । कोरोना भाइरसको जोखिम बढी रहेका बेला किसानहरुले खेतबारीमा काम गर्दा सामाजिक दुरी भने कायम राख्ने गरेका छन् ।

लकडाउनका कारण जिल्लामा कार्यालय, बजार तथा उद्योग धन्दा बन्द रहेपछि अहिले जागिरेहरु पनि आआफ्ना खेतबारीमा काम गर्न व्यस्त हुनेगरेका छ्न् । जस्लेगर्दा गहुँलगायतका बाली भित्राउन ज्यालामा मजदुर राख्न नपरेको किसान बिमल अधिकारीले बताए । ‘कोरोना भाइरसको जोखिमका कारण अहिले काम गर्ने मान्छे पाउन नि मुस्किल छ’, उनले भने,-‘रोगको संक्रमणको जोखिमका कारण काम गर्ने मान्छे नि पाइदैनन् । तेसैले घर परिवारले आफै काट्ने गरेका छौ ।’

कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्ने गरी लकडाउनको समयमा खेतवारीमा काम गर्ने किसानहरुलाई व्यवस्था गरिएको स्थानीय सरकारहरुले जनाएका छन् ।

लकडाउनका कारण अन्यलाई आवत जावतमा कडार्इ गरिए पनि खेतबारीमा रहेका बाली काट्ने र भित्र्याउनेलाई कुनै रोक नलगाइएको पालीकाहरुको भनाई छ । दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले पनि अत्याबश्यक र कृषी कार्य गर्नका लागि सामाजिक दुरी कायम राख्दै सुरक्षीत तरिकाले काम गर्न दिइएको बताएका छ्न् । जिल्लाका अधिकांश वडाले वडा तहमा सरोकारवालाहरुको बैठक बसाली कृषी कार्य गर्दा कुनै रोकावट नगर्ने र त्यस्का लागि आबश्यक टेक्टर र थ्रेसर प्रयोग गर्न गाडी नम्बरसहित सम्बन्धीत पालिकामा अनुमतीका लागि सिफारिस गर्ने निर्णय गरेको घोराही उपमहानगरपाका-५का अध्यक्ष विष्णुमणी दाहालले बताए छ्न् । उनका अनुसार वडाले गरेको व्यवस्था अनुसार कृषकहरुले सहज ढँगले काम गरिरहेका छन् ।