calander

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Goraksha

National Daily

राप्ती आँखा अस्पतालमा ५३ जनाको आँखाको नानी प्रत्यारोपण

बालाराम खड्का
तुलसीपुर, १२ साउन । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी हुदै गएको छ । अस्पतालमा आँखाको नानी प्रत्यारोपणका लागि आउनेहरुको संख्या पनि पछिल्लो समयमा बढदै गएको छ ।

अस्पतालले सुरु गरेको आँखाको नानी प्रत्यारोपण सेवा अन्तर्गत हाल सम्म ५३, जनाले आँखाको नानी प्रत्यारोपण गरेको राप्ती आँखा अस्पतालकी कर्निया स्पेसीयालिष्ट ९नानी रोग० बिशेषज्ञ डा ज्योती साप्कोटा जानकारी दिइन् । करिव डेढ बर्षको अन्तरालमा सो संख्यामा आँखाको नानी फेरेका हुन् ।

राप्ती आँखा अस्पतालमा सवै भन्दा बढी ४४ जनाले आँखाको नानी प्रत्यारोपण गरेका छन् भने छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा ९ जनाले आँखा नानी प्रत्यारोपण गरेको डा। सापकोटाको भनाई छ । अस्पतालले वि।स।२०७८ साल माघमा पहिलो पटक बाँकेको राप्ती सुनारी –१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको थियो ।

आँखाको नानीमा फुलो परेको र औषधीले हाल्दा पनि ठिक नभएर फुट्न लागेको अवस्था भएपछि आँखाको डल्लो बचाउन नानी प्रत्यारोपण गरिएको थियो । ‘आँखाको नानी प्रत्यारोपण विभिन्न कारणले गर्ने गरिन्छ कुनैको आँखा बचाउनका लागि कुनै दृष्टि फार्काउन’ –डाक्टर सापकोटाले भनिन् ।

डाक्टर सापकोटाले आँखाको नानीमा हुने इनफेक्सन (पूmलो पर्ने) को औषधि तथा शल्यक्रिया मार्फत उपचार ,आँखाको नानीको प्रत्यारोपन , दृष्टि बढाउनको लागि गरिने नानीको प्रत्यारोपन नानीको ठिक नभएको घाउ÷पूmलो हटाउने शल्यक्रिया , आँखाको नानीको आकार र बनावट जोगाउनको लागि गरिने शल्यक्रिया, आँखाको नानीको सेतो दाग हटाउने शल्यक्रिया र आँखाको नानीमा फरक आकारका चोट, घाउ या ट्युमर हटाउने शल्यक्रिया गदै आएको बताइन् ।

नेपाल आँखा बैकबाट आँखाको नानी लियर अस्पतालले नानी प्रत्यारोपण गदै आएको छ । ९नानी रोग० बिशेषज्ञ डा। साप्कोटाले पछिल्लो समयमा आँखाको नानी प्रत्यारोपण गर्ने विरामीहरु बढी रहेकोे उनको भनाई छ । उनले विभिन्न कारणले आँखाको नानीमा समस्या भएर आउनेहरु पनि त्यतिकै रहेको बताइन् । उनले अव नानी फेर्नका लागि काठमाण्डौमै जानुपर्ने वाध्यता नहुने बताइन् । ‘हामीले दिन सक्ने आँखाको नानी सम्वन्धी सेवाहरु यहिबाट दिने छौं –डा सापकोटाले भनिन् । यसले गर्दा सर्वसाधरणहरुलाई पनि सहज भएको छ । हाल आँखको नानी प्रत्यारोपणका लागि करिव २० हजार माथि रकम खर्च हुने गरेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने जनाएको । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निशुल्क गर्ने नयाँ कार्यक्रम मार्फत व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रम लागु गर्ने सात वटा प्रदेश मध्ये लुम्बिनी प्रदेश पहिलो हो । आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरुलाई सोही अबस्थामा बसीरहन नपरोस भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले जानकारी दिए । कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागु गरिने स्वास्थ्य मन्त्री खनालको भनाई छ ।

कर्नियाको निःशुल्क अप्रेसन गर्ने सहित मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयनका लागी कार्यविधि बनाउने प्रकृया सुरु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आँखाको नानी प्रत्यारोपणका लागी बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरि कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विभिन्न कारणले आँखाको ज्योती गुमाउन पुग्नेहरुका लागी यो कार्यक्रम निकै महत्वपूर्ण हुने विश्वास मन्त्रालयको रहेको स्वास्थ्य सचिव डा।जनार्दन पन्थीले बताए । लुम्बिनी प्रदेशमा आँखाको ज्योती गुमाएका धेरै रकम अभावका कारण नानी प्रत्यारोपण गर्न नसकेर अहिले पनि अन्धोपनका साथ घरमा बसिरहेका छन् ।