calander

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Goraksha

National Daily

मानवसेवा आश्रममा सहयोग

तुलसीपुर, १२ साउन । तुलसीपुर–४ रक्षाचौर निवासी पूर्णबहादुर वलीले मानवसेवा आश्रममा खाद्यान सहयोग गरेका छन् । छोरा धिरज वलीको शुभ जन्मउत्सको अवसर पारेर खाद्यान सहयोग गरेका हुन् ।

मानवसेवा आश्रममा वलीले एक बोरा चाम, आलु एकबोरा, ५ केजी दाल, नुन, तेललगायत फलफुलहरु सहयोग गरेको बताए । जन्म दिनमा हुने फजुल खर्च कटायरले बेसहारा, अशक्त, असहाय, अनाथलाई थोरै भएपनि सहयोग मिलोस भनेर खाद्यान सहयोग गरेको वलीले बताए । उनले छोरा धिरज वलीले पनि जन्म दिनमा अन्य फजुल खर्च गर्नु भन्दा मानवसेवा आश्रममा सहयोग गर्नु पर्छ भनेर भनेकाले जन्मदिन त्यही गयर मनाएको बताए ।

सो अवसरमा मानवसेवा आश्रमका सञ्चालकहरु, समाजसेवि खिमबहादुर खड्का धिरजका मामा उमाकान्त भण्डारीलगायतले जन्मदिनको शुभकामना दिएका थिए ।