लोकतन्त्र कि पार्टीतन्त्र
युवराज शर्मा
नेपाललाई लोकतन्त्र पार्टीहरुले बनाउन सकेनन् । उनीहरुमा अहँकारी भावना बढ्यो । पार्टीका अगुवाहरु पनि हासकको स्वरुप आफ्ना कार्याकर्ताहरुमा देखा परे । हुनत नेपालमा निर्वाचन आयोगले दर्ता गरेका न गरेका समेतलाई गणना गर्ने हो भने १२२ पार्टीहरु छन् । गाउँको अगुवादेखि पार्टीको अगुवासमेतलाई गणना गर्ने हो भने उनीहरुलाई अगुवा नभनेर शासक भन्न सकिन्छ ।
राणा शासनकालमा कायम भएका मुखिया, जिम्वाल पटवारीहरु नै अगुवा थिए । अहिले पनि त्यस्तै छ । कतिपय पार्टीका अगुवाहरुको स्वरुप त्यस्तै पाइन्छ । राणा शासनकाल फाल्यौँ भन्ने नेपाली कांग्रेसको पार्टी छ । जसले आफूलाई लोकतन्त्रवादी ठान्छन् । पञ्चायती व्यवस्था फाल्यौँ भन्ने पार्टीहरु नेपाली कांग्रेस पार्टी र नेकपाको अगुवाई भयो र फाले पनि । राणाको सत्ता फाल्न नेपाली कांग्रेसको अगुवाईमा नेता गणेशमान सिंह श्रेष्ठले शीरमा सेतो कात्रो बेरेर नेतृत्व गरे । उनको नेतृत्वमा बामपन्थीहरुको सहयोगमा सम्वत २०६५ जेठ १५ गतेदेखि राजा हटेको देश भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । नेपालमा पार्टीहरुको हालीमुहाली भयो । पार्टीहरुका अगुवाहरुको भनाइ र गराइ लोकतन्त्रात्मक कार्यशैली बनेन । राज्यमा ठगिखाने आधार बन्यो ।
नेपालको ठुलो र पुरानो पार्टी नेपाली कांग्रेस हो भने दोस्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी हो । यो दुवै पार्टीहरु भारतको कलकत्तामा खुलेका हुन् । अन्य पार्टीहरु पनि नेपालको भूमिका २००७ सालपछि खुल्दै आएका पार्टीहरु छन् । अहिले पार्टीहरुको मुख्य काम भ्रष्टाचार निर्मूल र विकासको गति बढाएर समृद्ध नेपाल बनाउने हो ।
तर प्रहरी सेवा सिआईवीले बोले अनुसन्धान गर्दा भ्रष्टाचार र अपराधीक कार्यहरु ठुला पार्टीहरुक अगुवाहरुको संरक्षणमा त्यस्ता गतिविधिहरु पार्टीका नेता र कार्यकर्ताबाट भएको देखियो । यस कार्यमा सिआईवीको कार्यलाई नागरिकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । नागरिकको खबरदारी जारी छ तर पार्टीका अगुवा र सत्ताका अगुवाहरुले सिआईवीेलाई काम गर्न कमजोर पार्ने आशङ्का नागरिक अगुवाहरुको छ । यसले लोकतन्त्र कि पार्टीतन्त्र भन्ने विषयगत बहस चलिरहेको विज्ञहरुको तर्कले कतै ठुलादलहरु विचलित भएर गणतन्त्रमा मनतन्त्र मौलाएको अवस्था छ ।
त्यसैले होला भ्रष्टाचार र अपराधिक कार्यहरु बढेको पाइन्छ । यसको अनुसन्धान र कानुनी दायरामा लग्ने प्रहरी सिआईवीलाई निरुत्साहित गर्नु हुँदैन । हिजोका दिनमा प्रहरीहरुबाट सलामी पाएकाहरुले आफ्नो व्यक्तिगत चरित्र कायम गर्न नसक्नुले देखाउँछ कि लोकतन्त्र कि पार्टीतन्त्रले मनतन्त्र पनि गणतन्त्रमा मौलायो ।
नेपालका पार्टीहरुप्रति जनविश्वास र आस्था गुम्दै छ । यसतर्फ ठुला पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका अगुवाई गर्ने नेताहरुले मनन् चिन्त्न गरेर परिवर्तनको नमुना देखाउने समय आएको छ । पार्टीहरुले सुदृढिकरणका नीतिहरु अवलम्बन गर्नुपर्छ । भ्रष्टाचार र अपराधिक कार्यलाई सघाउनु हुन्न । यसले पार्टीको छविमा कालोदाग बढ्छ । अहिले पुराना पाटीृहरुप्रति जनमासमा नकारात्मक प्रभाव परेको छ ।
त्यसैले भ्रष्टाचार र अपराधिक आरोप खेप्नु परेको छ । तैपनि एउटा पार्टीले अर्को पार्टीप्रति कटाक्ष प्रयोग गर्नु शोभनीय कार्य देखिन्न । यस्ता व्यवहारले पार्टीप्रति जनभावना कुण्ठित हुनेछ । लोकतन्त्रमा पार्टीको महत्व भएपनि नेताहरुको प्रभावहीन कार्यले नागरिक पार्टीहरुका कार्यशैलीप्रति कुनै प्रकारको अनुभूति गर्न पाएका छैनन् । यो नै पार्टीको कमजोर पक्ष हो ।
नेपालमा सम्वत २००७ सालदेखि पार्टीगत शासन व्यवस्था सुरु भयो । पहिलो पटक प्रजातन्त्रको उदय भयो । आम निर्वाचन २०१६ सालमा भयो । नेपाली कांग्रेस दुई तिहाई बहुमतको सरकार बन्यो । राजतन्त्रात्मक बहुदलीय प्रजातन्त्र भएको सरकार शिर्षनेता विपि कोइरालाको नेतृत्वमा मन्त्रीमण्डल गठन भयो । नेपालमा जननिर्वाचित पहिलो प्रधानमन्त्री विपि कोइराला हुनुभयो । तर नेपाली कांग्रेसमा अन्तरद्वन्द थियो । राजा महेन्द्र शाहबाट सरकारको कार्य जनअपेक्षा हुन सकेन भन्दै सरकारलाई अपदस्थ गरेर शासन सत्ता आफ्नो हातमा १०१७ साल पुस १ गते लिए ।
राजालाई साथ दिने नेपाली कांग्रेसमा नेता तुलसी गिरी र सूर्यबहादुर थापाले दिएका थिए । पञ्चायती व्यवस्थापका प्रवधक सूर्यबहादुर थापालाई मानिन्छ । २०५१ सालको मध्यावधि निर्वाचनबाट बहुसंख्यक सांसदहरु चुनिए । अल्पसंख्यक सरकार नेकपा एमालेको बन्यो । यसका शिर्षनेता मनमोहन अधिकारी हनुभयो । उहाँ प्रधानमन्त्री र भाई अर्थमन्त्री भरतमोहन अधिकारी भएपछि मासिक रू १००।– वृद्धभत्ता बाड्ने निर्णय भयो । यसले एमालेको महत्व जनमानसमा बढायो ।
अहिलेका नेताहरुले भ्रष्टाचार अवराधिक गतिविधि बढाए । जनताको ढाड सेक्ने कर वृद्धि गरेर मासिक तलब खान थाले । कर्मचारी र उनीहरुमा फरक भएन । संघीय लोकतन्त्रात्मक गणतन्त्र पनि नेताहरुको कमाउने आधार बन्यो । गणतन्त्र शासन प्रणालीले मनपरी तन्त्रको कार्य देखायो । देशमा नीत तहका सरकार गठन भए । सबै नेताहरुले पदहरु पाए । उनीहरु शासक जस्तो देखिए ।
स्थानीय, प्रदेश र संघीय सरकार बने । गाउँमा सिंहदरबार पठाउँछौँ भन्थे सिंह मात्र पठाए । दरबार भने काठमाडौंमा राखे । जनतालाई पार्टीगत धारणा बसाले । अहिले गाउँ–गाउँमा पार्टीगत झगडा र कचिङ्गल बढाए । नागरिकरण भुल्ल बनाएर मनपरी तन्त्र अपनाएको सामाजिक वातावरण बनेको छ । नागरिक भन्छन्– नेपालको शासन प्रणाली लोकतन्त्र कि पार्टीतन्त्र ।
