Goraksha

National Daily

लमहीबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

प्रिया स्मृती गजमेर
दाङ,१२ साउन । प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका ५ अर्नवा निवासी बालिका सुनार, सोही वडाको कोईलाबास रोड निवासी राउडी भन्ने विक्रमकुमार गुप्ता र बर्दाघाट नगरपालिका ६ कैलाली सुगरखालका समिर कठरिया रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई हस्पिटल जाने बाटोछेउबाट ६ सय मिलि ग्रामलागु औषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । लागुऔषधको अबैध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई जिल्ला अदालत, घोराही दाङबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान प्रकिया अगाडी बढाएको जिप्रका दाङका प्रवक्ता राजन कुमार गौतमले बताए ।

त्यस्तै पक्राउ परेका मध्य बालिका सुनार यो भन्दा पहिले पनि लागुऔषध कारोबारमा पक्राउ परिसकेकी हुन । उनी धरौटीमा रिहा भएकी थिईन ।