युवाराज शर्मा
नेपालको प्रतिनिधि सभा नेपालीहरुको आस्थाको केन्द्र हो । जहाँ नेपालको शासन व्यवस्था सञ्चालन गर्न संविधानको मापदण्डमा रहेर कानुन बनाउनुपर्छ । त्यस्ते ऐनलाई सभामूखले आफ्नो सचिवालयमार्फत् राष्ट्रिय सभामा पठाउनु पर्छ । त्यसमा भएका कमी कमजोरी हटाउन पुनः प्रतिनिधि सभामा पठाउनु पर्छ र त्यहाँबाट प्रमाणिकरण गर्न राष्ट्रपतिको सचिवालयमा पठाउनु पर्छ ।
सम्मानित राष्ट्रपति ज्युबाट प्रमाणित भएमा सोही मितिदेखि उक्त ऐन पनि कानुनी मान्यता हुन्छ । यस्तो महत्व भएको प्रतिनिधि सभामा बोल्ने सांसदहरुको बोली र भनाइका शब्दहरु पटक–पटक सभाप्रमुखले त्यस्ता अशोभनीय शब्दहरु हटाउन सचिवालयलाई भनिरहेका आवाजहरु सुन्दा निर्वाचित र समावेशी सांसदहरुको ज्ञान र सीप उजागर भएको अवस्था छ ।
दलगत सांसद र स्वतन्त्र सांसदको संख्या ६०२ कायम छ । उपस्थिति हेर्दा कुर्सीहरु खाली छन् । नेपालीहरुका आस्थावान सांसदहरु प्रायः आत्म अनुशासन र सामाजिक व्यवहार तथा बोलीवचन सुन्दा आफूले आफैलाई सन्तुलन कायम गर्न नसकेको चर्चा बौद्धिक वर्गको भनाइ नागरिकले सुनेका, देखेका पनि छन् । यसले के देखाउँछ भने दलगत भावना भएका सांसदहरुमा स्कुलीङ ज्ञान छैन भएकामा पनि बोली वचनको हेक्का पाइन्न । सांसद बेठकलाई हेर्दा शिष्टता, मर्यादा, अनुशासन, सहनशीलता र सालिनता कायम हुनुपर्ने जानकारहरुले भन्दै आएका छन् ।
सुशासन, सुव्यवस्था, शान्ति कायम राख्नु र ऐन नियमको पालना गराउने संस्था नै प्रतिनिधि सभा हो तर सांसदहरुले ऐन, नियम, कानुनको पालन गर्ने गरेको भए सांसद भवनका कुर्सीहरु खाली देखिने थिएनन् । आफू सफल नागरिक बन्न नसकेपछि अरुहरुलाई सम्झाउने कसरी होला ? मनमा गन्थन बुद्धिजीविहरुले गर्छन् । आफ्नो मन्त्रालयसम्बन्धी छलफलमा पनि मन्त्रीको उपस्थिति हुन्न ।
प्रधानमन्त्री, मन्त्रीहरु पनि सांसदबाट आउने हो । जो प्रधानमन्त्री बन्छ, उसले सम्पूर्ण नागरिले अभिभावकत्व स्वीकार्नु पर्छ तर पक्ष र प्रतिपक्ष बनेर जुहारी खेलेको सांसदहरुका बोलीवचनले देखाउँछ । पक्षधरहरुले शक्ति देखाउँछन् । प्रतिपक्षले संसदको भनाइलाई खण्डन गरेर बस्छ । सांसदलाई बोल्ने समय दिने सन्दर्भमा सभा प्रमुखको भूमिका हुन्छ । सभामूखले प्रतिपक्ष र पक्षलाई मिलाएर समय दिँदा पनि सत्तापक्षको आवाज चर्को सुनिन्छ । यस्तो गर्नु पनि सांसदको मर्यादा कायम राख्ने क्षमताको कमी कमजोरी हो ।
सङ्घीय सभामा उपस्थित सांसदहरुमध्ये कतिपय सांसदले सभाहलमा पत्रिका पढिरहेको दृश्यलाई सभाप्रमुखले रोक्नुपर्ने अवस्था देखियो । सभामा के गर्ने ? के नगर्ने ? भन्नेसम्मको ज्ञान पनि हुँदैन भन्न सकिन्छ तर स्वच्छाचारी प्रवृत्तिका कारण बोलीवचनमा ‘नहुनु मामा भन्दा कानो मामा’ जस्ता वचन आएको थियो ।
जसलाई सभामूखले सचिवालयलाई रेकर्डबाट हटाउन लगाएको अवस्था पनि देखियो । अपाङ्गता भएका व्यक्तिलाई बोल्ने शब्दको ज्ञान गर्नुपर्दथ्यो । कतिपय सांसदले बोलीवचनको ख्याल नगर्ने गरेको हो ? अथवा अज्ञानताको क्षण भङ्ग भएको हो । दर्शकहरुले बुझ्न सकेनन् । कतिपय पत्रकारहरु पनि हुन्छन् । फोछोपत्रकार पनि हुन्छन् । कुनै स्कुलका÷क्याम्पस तहका विद्यार्थीहरु पनि हुन्छन् ।
उनीहरुले सांसदहरुबाट बोलीवचनको प्रभाव पार्न सकेनन् भने सभा हेर्दा कस्तो अनुभूति गर्लान् ? सुझबुझ हुनुपर्छ । त्यसैले भनिन्छ कि सांसदले सभामा बोल्दा, व्यवहार गर्दा, हिड्दा, खानेकुराहरु खाँदमा पनि आदर्शता, संयमता, शिष्टता, जिम्मेवारीताको ख्याल गर्नुपर्छ भन्ने हेक्का राख्नुपर्छ । एउटा जनप्रतिनिधि भन्नु राष्ट्रको शीर हो । सांसदहरुबाट प्रधानमन्त्री,उपप्रधानमन्त्री, सभामूख, उपसभामुख, समितिका सभापति र सदस्यहरु, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरु पनि सांसदहरुबाट छानिने हुन् ।
उनीहरुमा बोलीवचन, व्यवहार, आदर्शता, ममता शिष्टता, संमयमता, शालिनता जस्ता गुणहरु देखिएन वा देखाउन सकिने कार्यशैली भएन भने राष्ट्रको शीर कमजोर हुनेछ । यो नै सामाजिक ज्ञान हो । सीपको विकास पनि हो । शैक्षिक योग्यता देखाउनेहरुसँग किताबी ज्ञान र स्कुलीय अनुशासन हुनुपर्छ तर एउटा अनपढ गवार र अज्ञानी भनिने व्यक्तिमा धेरै अनुभवीय ज्ञान र सीपको विकास गरेका हुन्छन् । त्यस्ता व्यक्तिको अनुभवीय ज्ञान र सीपको विकासका अनुभवहरु हुन्छन् ।
अहिले नेपालमा तीनजना सांसदहरुको हालीमुहाली बढेका ेछ । जसमा कांग्रेसका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका केपी शर्मा ओली पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्रका हुनुहुन्छ । उहाँहरु क्रमशः ५ पटक, ३ पटक र ३ पटक प्रधानमन्त्री भए पनि सिङ्गापुरका लिकान्दोको कार्यशैली कुुनैबाट अपनाएको व्याप्र भ्रष्टाचारका फयल देखाए पनि सजायको भागी थुनुवामा भएका व्यक्तिहरुलाई सजाय पुग्ला ? शङ्काको घेरामा छ । नेपालमा स्वच्छ प्रशासन र भ्रष्टाचार युक्त राज्यबनाउने भन्दा सिनेमाको टेलर देखाएको अवस्था छ ।
राज्य सत्तालाई हेर्दा पूजीवाद, समाजवाद र साम्यवादमध्ये सङ्घीय लोकतान्त्रीक गणतन्त्रलाई जनताले मनतन्त्रवादको स्वरुप देखेका छन् । आँखाबाट आसँु बगाउँदै जनताले राज्यको करको भारी बोकिरहेका छन् । त्रिमूर्तिको शासनकाल देखेका छन् । बोलीवचनको ख्याल नगर्ने सांसदहरुले देशको मुहार फेर्ने छैनन् । प्रधानमन्त्री बन्ने रहर मात्र गर्ने छन् । यो व्यवस्थामा जसले जे गरे पनि छुट छ । लोकतन्त्र भने पनि यो व्यवस्थामा नागरिकले अनुभूति गर्ने समय कहिले आउने हो ? सांसदहरुको बोलीवचनमा परिवर्तन आउनुपर्छ ।