शरणार्थी प्रकरण र कांग्रेसभित्रको विवाद

सुभाष न्यौपाने
भुटानी शरणार्थी प्रकरणले नेपाली कांग्रेस भित्रको अझै थप विवाद ल्याउने सम्भावना देखिएको छ । गत असार २६ गते बस्ने भनेका नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सम्मानिय प्रधानमन्त्री पुष्पकमल दाहालको पत्नि सिता दाहालको निधन भएका कारण अन्त्यस्ठीमा सहभागी हुनुपर्ने कारण देखाउँदै कांग्रेस केन्द्रिय कार्य समितिको बैठक स्थगत भएको थियो ।

उक्त बैठक साउन दुईमा बस्ने निर्णय समेत भयो । उक्त बैठकमा पार्टीइतर पक्ष अर्थात् कोइराला समूहको रुपमा चिनिएका दुई महामन्त्रीहरु तथा अन्य युवा नेताहरु भुटानी शरणार्थी मुद्रा सम्बन्धमा पार्टीका बहस चलाउने पक्षमा छन् भने पार्टी सभापति पदन अर्थात् मितर पक्ष शरणार्थी प्रकरण सम्बन्धमा प्रसंगै न उठाउने पक्षमा देखिएका छन् । भुटानी शरणार्थी तथा ललिता निवास प्रकरणमा संस्थागत पक्ष न बोल्ने भन्ने सहमत पनि भइसकेका छरे ।

मतलब बालकृष्ण खाँडको विषय बैठकमा कुनै कुरा नउठाउने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा उठाइने विषयहरु पार्टी सभापति महामन्त्री तथा पदाधिकारी नेताहरु बिच छलफल गरी केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने विषयहरु तय गरिन्छ । सम सामूयिक दश वटा विषयमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने निश्चित छ । चौधौँ महाधिवेशनको सम्पन्नता सँगै भारीमत अर्थात् दुईतिहाई माथिको केन्द्रीयसदस्य संख्या सभापति शेरबहादुर देउवा पक्षको हुन् तथा महामन्त्री १ उपसभापति र १ सहमहामन्त्री शेरबहादुर इतर पक्षबाट निर्वाथित हुँदा भोटिङमा पार्टी सचापतिकर एजेण्टा पारित भए पनि बहस र कार्यान्वयनमा भने अलि गाह्रो देखिन्छ ।

कार्यकारीनीमा महामन्त्री दुवै एकमत हुँदा सभापतिलाई आच्छुआच्छु बनाएकै छन् । शेरबहादुर देउवाको दोस्रो कार्यकाल अर्थात् चौधौँ महाधिवेशनको सम्पन्नतासँगै पार्टीले कुनै पनि जन उपयोगी कार्य गरेको सन्देश जनतामा दिन सकिरहेको छैन । नेताहरु भन्छन् पार्टीभित्र भ्रष्टाचार मौलायो, पार्टीले आफ्नो नीति तथा कार्यत्र,म जनता समक्ष लगेर जान सकेन पार्टी कमजोर बन्दै गयो भन्दै आउँदो ८४ को निर्वाचनमा के हुने हो ? भनेर औल्याउन थालेका छन् । मिसन चौरासी एकैपटक आउँदैन । मिसन चौरासीमा पुग्नत पार्टीले त्यस्ता धेरै मिसन असिदेखि त्रियासीसम्म पार गर्नुपर्छ ।

असि–त्रियासी झगडा गरेर बस्ने, सुतेर बस्ने, एकले अर्कालाई घोर हात लगाएर बसेर मात्र मिसन चौरासीमा सफल भइन्छ त ? चुनावी समीक्षादेखि सत्ता गठबन्धन र भ्रष्टाचार आदि विषयमा छलफल हुने उल्लेख भए पनि कुन–कुन विषयमा कसरी छलफल र समीक्षा गरियो । त्यो पनि विस्तृत रुपमा सार्वजनिक हुन नसेको जस्तो छ । सञ्चार माध्यमहरु पनि सम्वाद र छलफलका विषयहरुलाई पूर्ण रुपमा सार्वजनिक नगरी आफ्नो रोजाइको मात्र समाचार सार्वजनिक गर्नुभएन ?

यसरी युटुबमा जस्तो समाचारको यथार्थ विषयलाई लुकाएर अनुकूलको समाचार मात्र बनाएर सार्वजनिक गर्नुभएन ? पार्टीभित्र अहिले आएको विशेष महाधिवेशनको मुद्रा पनि पार्टीभित्रकै आन्तरिक किचलो पार्टीका नेताहरुको नाम भ्रष्टाचारसँग जोडिनु, पार्टीले आफ्नो आवधिक कार्यतालिका अनुसार कुनै पनि गतिविधि गर्न नसक्नु पनि यौटा आधार हो । यसैलाई आधार बनाएर मधु, गुरु र जगदिशहरुले विशेष महाधिवेशनको आवाज उठाएका हुन् । त्यो पनि स्वभाविकै हो ।

पार्टीलाई निखार्नु, तिखार्नु त सबै नेतृत्व कर्ताहरुको दायित्व होनी । भुसको आगो झै सल्किरहेको नेपाली कांग्रेसभित्रको विवाद भुटानी शरणार्थी प्रकरणमा नेतृत्व अर्थात् नेताहरुको नाम व्यापक रुपमा आएपछि पार्टीभित्रको विवाद अलि छताछुल्ल भएर गएको छ । यस्ता विषयहरुलाई बैठकमा एजेण्डा नै नबनाउने भन्ने सभापति देउवाको आसयले पनि साउन दुईगतेको बैठक बस्नुभन्दा पहिले केही खरो विवाद बाहिर आएको जस्तो देखिन्छ ।

अहिले नेपाली कांग्रेसलाई नेपाली जनता र अन्तर राष्ट्रले समेत भुटानी शरणार्थी र ललिता निवास परिदृश्यमा हेरिरहेका छन् तर पनि कांग्रेसका नेताहरुलाई लाज छैन । आफैमा लाज पचाएर तथानामा गर्छन् । एकले अर्काको उछितो काड्छन् । हरेक दुई महिनामा नियमित रुपमा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक एकवर्ष पछि बस्दा नेपाली कांग्रेसको बैठकको सन्दर्भमा विभिन्न चर्चा परिचर्चाहरु समुदायमा हुन थालिसकेका छन् । त्यसमा कांग्रेस नेतृत्वलाई न वास्ता छ न सरोकार नै ।

उनीहरु त केवल आफ्नो पार्टी भित्रको अहिमत पक्षलाई दुतकार्ने दोष थुपार्ने र उनीहरुको मनोबल गिराउने मात्र रणनीतिमा छन् । चरि धमिरा लागेको बलेसीको खाँवोले धुरि खाँवो अडाउन सक्तैन भन्ने उनीहरुलाई थाहा छैन । हेक्काराख तिम्रा बलेसीका खाँवाहरु धमिराले खाइसेकेका छन् । काले पनि पुराना भनेका राजनैतिक दलहरुमा विचलन आइरहेको छ र राजनैतिक स्दलन भइरहेको छ । नेपालको राजनैतिक इतिहास बोकेको दल नेपाली कांग्रेस पनि औपचारिक रुपमा नभएपनि खण्ड–खण्ड र झुण्ड–झुण्डमा परिणत हुने खोजिरहेको छ ?

यदि कम्युनिष्टहरुका विभाजन शैलीलाई देखेर हौसिएका हो भने किन तमासा देखाउँछौँ ? त्यसैगरी विभक्त भइहाला हैन भने जायन र नाजायज छुट्याउन कोसिस गर । आवश्यकता के हो अध्ययन गर । हैन भने कांग्रेसको नाममा तमासा देखाउन बन्द गर । जनता तिमीहरुको तमासा हेर्ने चाहाना गर्दैनन् । सरकार र राजनैतिक दलका विभागहरु झ्वाट्ट हेर्दा मेनथावा कम्पनिको ढाँचामा छन् । यस्ता कम्पनिहरुबाट जनताले विकास र उत्थानको जनताले बति र कसरी आशा गर्ने ?

जबसम्म यो प्रवृत्तिबाट राजनैतिक दलहरुले मुक्ति पाउँदैनन् तबसम्म उनीहरुले देश र जनताको लागि केही पनि गर्न सक्तैनन् । जनता पनि उनीहरुबाट केही पाउने आशामा रहँदैनन् । मुलुकमा लोकतन्त्र प्राप्तीका निम्त्ति आन्दोलनको नेतृत्व गरेको पार्टीका नेताहरुको तानासाही प्रवृत्ति घुस भ्रष्टाचारमा लिप्त अवस्था देख्दा नागरिक जिल्ल परेका छन् । पार्टीको जुनसुकै कार्यक्रममा तस्विर राख्ने क्रममा सत्ता नेता कृष्णप्रसाद भट्टराई एवम् सबै मान्ने नेता तथा लाहे पुरुष गणेशमान सिंहको तस्विर राखेर माल्यार्पण गरेको देख्दा आलोचना तथा टिप्पणि सुरु भइसकेको छ । ति वक्ताहरुले भनिरहेका छन् नेपाली कांग्रेस नेतृत्वको गलत प्रवृत्तिका कारण किसुनजी र गणेशमानजीले सर्दै नेपाली कांग्रेस परित्याग गर्नुभएको हो ।

त्यसैले नेपाली कांग्रेसको जुनसुकै कार्यक्रममा किसुनजी र गणेशमानजीको तस्विरमा माल्यार्पण गर्नु भनेको यी दुई नेताको अपमान गर्नु हो । वर्तमान कांग्रेस नेतृत्व पनि त त्यही शेष हो । यसले पो ति निष्ठा र सम्र्पणका पत्याबायीहरुको कति सम्मान गर्ला ? यस्तै तवर तरिकाबाट गुज्रिरहेको छ । नेपाली कांग्रेस बैठक बोलाउनु राखिएका एजेण्डाहरुमा कुनै एजेण्डा बहसमा निषेध गरिनु लोकतान्त्रिक आचरण हुन् ? यही हो काग्रेसको लोकतान्त्रिक मान्यता पार्टी नेतृत्वका विषयमा कसैले फरकमत राख्यो चने त्यसको संकेत गर्धन नै छिनालाल नभए खुट्टा त पक्कै भाच्ने प्रवृत्ति कांग्रेसी लोकतन्त्रमा मौलाइरहेको छ ।

नेपाली कांग्रेसको साउन दुई गते बसेको पहिलो बेठकलाई सञ्चार माध्यमहरुले दाई भाउजुदेखि देवरहरुसम्म भन्ने ट्रपिस्टमा कांग्रेसको केन्द्रीय कमिटिको बारेमा जानकारी गराउनु कतिसम्मको गतिछाडा अवस्था हो , पार्टी नेतृत्व पक्तिका नेताहरु पनि यतिसम्म निम्छरा छनको उनीहरु दाई भाउजु कसैको सन्दर्भमा केही कुरा बोल्यो भने कार्यालउ सहयोगले हाकिमको कुरा काट्यो भने जागिर जान्छकि अथवा अन्यत्र सरुवा गरिदिन्छन् कि भन्ने डर भए झै कांग्रेसका नेतृत्व पक्तिका महानुभावहरु पनि कुनै पनि दाइ भाउजुको विरोध ग¥यो भने राजनीति नै सकिन्छ किे अथवा आउने पाउने सकिन्छको भन्ने डरले आफू बोल्न चाहदैनन् । सञ्चार माध्यम बोल्दे हुन्थ्यो भन्ने चाहना राख्छन् ।

एकथरी दम्ब र वुता नभए पनि दाइ भाउजुको आडमा कुर्लने गर्छन् । उनीहरुलाई राम्रोसँग थाहा छ यदि दाइ भाउजुले घुँडा टेके भने हाम्रो भुँइमा लड्छौ भन्ने प्रस्टसँग बुझेका छन् । नेतृत्वले प्रधानमन्त्रीको कुर्सीलाई मात्र महत्व दिने र अन्य विषयलाई महत्व नदिने गरकोले पनि अनय गतिविधिहरु ओझेलमा परेको देखिन्छ । प्रत्यक्ष प्रसारणका साथ साउन २ गते सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री गगण थापाले वैचारिक र सांगठनिक धरातल माथि उठाउनको लागि भनेर कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा एक वर्षे कार्य तालिम पेस गरेपछि पार्टी सभापति शेरबहादुर देउवालाई नैतिक दवावमा चाहि पारेका हुन् ।

नेपालको राजनीतिमा विडम्बनाको कुरा त के छ भने आफ्नो प्रतिस्पर्धा कोही छ भने उसले गरेका राम्रा कामलाई पनि हाम्रो स्वीकार्न नस्क्ने भएका छौँ । प्रतिस्पर्धा भनेपछि प्रतिपक्षी रोझ्नु पर्ने प्रतिपक्षीले गरेका सबै कार्य गलत हुन भनेर त्यसको अन्त्य नभएसम्म नेपालमा राजनीतिको विकास हुन सक्तैन । नेपालको राजनीति त अझै पनि राणाका पालाको जस्तो बाँगो रुखलाई ब्३ महाराजले कति सोझो रुखभन्दा हो सरकार भन्ने अवस्था छ । त्यसैले नेपाली कांग्रेसभित्र यौटा पक्षले पार्टी सभापतिलाई आरोप लगाउने छ भने अर्को पक्षले महामन्त्रीलाई आरोप लगाउँछन् ।

आरोपले मात्र संगठन सुदृढ हुन सक्तैन । संगठन सुदृढिकरणको लागि संगठनको गतिविधि, गति र नीति स्पष्ट हुनु जरुरी छ । पार्टीको सभापति पार्टीको प्रमुख हुँदाहुँदै पनि कुनै विषयमा सभापतिभन्दा उपसभापति, महामन्त्री तथा अन्य पदाधिकारीहरु विशेष जानकार रहन सक्छन् । त्यसलाई अन्यथा मान्नु हुँदैन । त्यो सत्य हुँदाहँुदै पनि नेपाली कांग्रेस भित्रको प्रतिस्प्रर्धा दुस्मनी पूर्ण राजनीतिको रुपमा अगाडि बढिरहेको छ । स्टेजमा मिठा भाषण गरे पनि बगलीमा छुरा राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन भन्दा अझै बढिरहेको छ ।

पार्टीको केन्द्रीय कार्य समितिको बैठक बस्ने कुरामा अनियमितता भए पनि महामन्त्रीले पेस गरेको वार्षिक क्यालेण्डरमा हरेक दुई–दुई महिनामा केन्द्रीय कार्य समितिको बैठक बस्ने भन्ने प्रस्ताव पार्टीले कार्यान्वयनमा ल्यायो भने पार्टी गतिशिल हुन समय पनि नलाग्ने हुनसक्छ । साथै विमतीमा रहेका विषयहरुलाई सिधै पार्टीको बैठकमा राख्न मिल्ने हुन्छ । जसले गर्दा विज्ञप्तीमार्फत् आफ्नो धारण प्रस्तुत गर्नु नपर्ने हुन आउँछ ।