मधुसूदन सुवेदी
नेपालका नेता मन्दिर पनि धेरै छन् । नेपालका नेता मन्दिरमा बली पनि चढाउँछन् । नेपालका नेता मन्दिरमा रक्त चन्दन पनि चढाउँछन् । नेपालका नेता मन्दिरमा पूजा आधा आरधना, दान पनि गर्छन् । नेपालका नेता मन्दिरमा गजुर र मूर्ति पनि स्थापना गर्छन् । यतिका धर्म गर्ने नेताको कर्म खै ? हाम्रो धार्मिक शास्त्रले भनेको छन् । धर्मरक्षति रक्षक ‘धर्मले सबैको रक्षा गर्छ तर नेपालका नेताले गरेको धर्म नेताकै लागि काम लागेन र लागेको पनि देखिएन ।
धर्म गर्छन् तर चरित्र माथि प्रश्न उठ्दै जान्छ । धर्म साच्चिकै कोहो वा होइन ? खोज्नेबेला भयो । धर्म भएकाहरुको कर्म राम्रो हुन्छ । कर्म राम्रो भएकाहरुको मर्म पनि हुन्छ । मर्म भएकाहरुको सर्म पनि हुन्छ तर नेपालका नेताहरुको असली धर्म पनि छैन । असली धर्म नभएकै कारण यिनीहरुले गरेको कर्म सधै विवादमा पर्छ कम पनि हुँदैन । असली काम गर्न नसक्नेहरुको भित्रि मन कोमल, दयालु, मायालु, दयालुकल्याणकारी, सेवपाषाण समान हुन्छ ।
जब मन निर्दयी हुन्छ जब मन कडा हुन्छ, जब मन कठोर हुन्छ, जब मन कोमल छैन तयस्थाको लाज, घृणा, सरम भन्ने केही पनि हुँदैन । चित्त फाटेको, मन काटेको, वचन बाटेको, कर्म साटेको र धर्म ढाँटेको मात्र हुन्छ । कुनैमा सत्यता हुँदैन । सबै देखावली, लौकोका नक्कली, अपवित्र, समाजमा छारो हाल्नका लागि मात्र सीमित हुन्छ । पशुपतिको देशमा सक्कली धर्म गरेको भए आजकै हालत हुने थियो । बाहिरी शक्ति नेपालको पशुपतिमा आएर शक्ति र साधना गरेर जान्छन् तर यही पशुपतिमा वास बस्नेहरु सदा सर्वदा अलोक प्रिय भएर बसेका छन् ।
पशुपतिको देशमा बसेर पशु समान हुनुलाई धर्म भन्न सकिन्छ ? धर्म गरेको भए यस्तै हुने थियो ? धार्मिक बनेको भए यस्तै दुर्गन्ध फैलिन्थ्यो ? पशुपति नभएका देशहरु पशुपतिकै शक्ति र मानवशक्तिले कहाँ पुगिसके । हेर हाम्रो भने कहाँ छौ ? हामीले पशुपतिको मूल्य जान्यौँ । हामीले धर्मको अर्थ बुझ्यौँ ? हामीले धमको शक्ति चाल पायौँ । हामीले मन्दिर स्देवायको माल पायौँ ? खाली मन्दिरमा जति देवीदेवताको तन चोर्ने, मन चोर्ने, धन चोर्ने, धर्म चोर्ने, कर्म चोर्ने, मर्म चोर्ने र सर्म चोर्ने त्यो भन्दा भद्दा काम के भयो ? चोर्न सिपालु के गर्छ ? दुनिया कहाँबाट कहाँ पुग्यो हाम्रा नेतालाई चार्ने ठिक्क छ । यो चो¥यो ।
त्यो चो¥यो । योनी चो¥यो, तिनी चो¥यो खाली चोरै–चोरको सञ्चालन बनाएर के काम भयो ?े देश कहाँ छ । जनता कहाँ छन् । नेता कहाँ छन् । नेतृत्व कहाँ छ । शुसासन कहाँ छ ? राज्यको एकता कहाँ छ ? यो त केवल हेर्ने र चोर्नेको जमात खेरेको जस्तो पो देखिन्छ त । जता हे¥यो त्यता त्यै लथालिङ्ग र भताभुङ्ग । धर्म गर्नेले मेवा खोज्दैन सबैले सेवा खोज्छ । यहाँका नेताले सेवा सेवा केही गर्नु छैन खाली मेवा मात्र खोजेका छन् । मेवा पचाएका छन् । मेवा देख्नेका छन् । मेवा सजाएका छन् । मेवाकै धन्दा चलाएका छन् । सेवा भन्ने दुई कौडीको छैन खाली मेवा मात्र करोडौँ करोडको मेवा चिन्नेले त सेवा पनि चिन्नु नि ।
सेवा गर्न जानेकै छैन, मेवा नखाइ भाको नै छैन । सेवा बिनाको मेवा कसरी कहाँ, किन र कतिञ्जेल पच्छ है ? स्वदेश, विदेश, प्रदेश जहाँ गयो त्यही गरेको धर्म के हो ? नाटक, अभिनय, अभ्यास, कसरत, देखावटी, नक्कली, जालीझिल्ली ? सबैभन्दा पवित्र कार्य भनेको धर्म हो । धर्म निः स्वार्थ भावनाले गरेको छ । धर्म कुनै इच्छा, चाहना र कामना राखेर गरिदैँ । धर्म केवल धर्म रक्षाकै लागि मात्र गरिने पवित्र कार्य हो । धर्म कुन राष्ट्रमा छैन । विश्व– ब्रहमाण्डमा धर्म छ तर त्यो धर्म अत्यन्त सक्कली र पवित्र छ । धर्मको आडमा मात्र बसे राज्य सत्ता हाक्ने हक्तिशाली राष्ट्र पनि छन् ।
संविधान कानुन, नीति, विधि र पद्धतिको खोस्टै नराखेर देश स्वर्ग समान सुन्दर बनाउने, राष्ट्र पनि छन् । धर्मसँग डरायो भने के पो चाहिन्छ र ? हामीले पशुपतिलाई सर्व ठानेर देश हाँक्ने हो भने यहाँ केही पनि चाहन्न । नाना भातिको छन् र भेष धारण गरेर सक्कली खरानी नक्कली जोगीले जिउभरि दल्नुको अर्थ के छ र ? नेपालमा भएको यही हो यहाँ सक्कली धर्म पनि छैन यहाँ सक्कली सर्म पनि छैन । सबै थोक नक्कली भएपछि हुन्छ कस्तो ? आजको नेपाल जस्तो ।
जतिसुकै गफ लगाए पनि, जतिसुकै धाक लगाए पनि देखेको, लेखेको, भोगेको, सुनेको इतिहास त साक्षी छ त । किन भद्दा भाषण चाहियो । फर्केर इतिहास हेर, इतिहास के थियो, भूत के थियो, वर्तमान के छ । यही चालमालाले भविष्य के होला ? खाली मन्दिरको नाममा गएर कसिङ्गर थुपार्ने काम नगर । मन्दिरमा भएको कसिङ्गर बाहिर फाल्ने काम गर । चेतना भया ।