जिबिएस रोगी छोरालाई बचाउन सहयोगको अपिल

तुलसीपुर, १ साउन । जीबीएस रोगी छोरालाई बचाउन बुबा एकराज थापाले अपिल गरेका छन । बिरलै व्यक्तिहरुमा देखिने जिबिएस नामक यो रोग सल्यानका ११ वर्षीय रुपक थापालाई लागेको छ ।

सल्यानको छत्रेश्वरी गाँउपालिका–१ दमारचौर निवासी थापाको अहिले तुलसीपुरमा रहेको आरोग्य नेचर केयर अस्पतालमा थेरापी विधिबाट उपचार भैरहेको छ ।

थापालाई २०७९ साल पुस महिनामा सामान्य ज्वरो र झाडापखाला लागेपछि जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो । त्यहाँ रोग निको नभएपछि उनलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल,बाँकेको नेपालगञ्ज हुदैं काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचारका लागि लगिएको थियो । तर आर्थिक अभावका कारण पुनः फर्काएर तुलसीपुरमा ल्याइएको बुबा एकराजले बताए ।

उनका अनुसार छोरा रुपकका दुवै हात खुट्टा बांगो भएका छन,मुख बांगिएको छ,बोल्न सक्दैन्,हिडडुल गर्न पनि सक्दैनन् । ‘पहिलेभन्दा केही मात्रामा सुधार भएको छ, तर आर्थिक अभावका कारण काठमाडौँमा बसालेर उपचार गराउन सकिए,त्यसैले अहिले फेरी तुलसीपुरमा ल्याएर उपचार सुरु गरेका छौं,उनले भने ।

यो रोग लागेका व्यक्तिहरु निको हुन लामो समय लाग्ने र खर्च पनि धेरै लाग्ने डाक्टरले बताएको एकराजको भनाई छ । उनका अनुसार छोराको उपचारका लागि अहिलेसम्म ३० लाख बढी खर्च भैसकेको छ । छोराको उपचारका लागि विभिन्न पालिकाहरुमा सहयोगका लागि पुग्दा वेवास्ता गरेको एकराजको गुनासो छ ।

उनले मृत्युसगं लडिरहेको छोरालाई बचाउन सहयोगको याचना गरेका छन । अहिले तुलसीपुरमा उपचार सुरु गरेका छौँ,यहाँ पनि घण्टाको २ हजारको दरले दिनमै १० हजार बढी खर्च हुन्छ,उनले भने ,हामीलाई खर्च पु¥याउन धेरे नै समस्या भएको छ ।

उनले सहयोग गर्न चाहाने सहयोगी व्यक्तीहरुले मो।नम्बर ९७६८२५६९१६ र कर्णाली विकास बैकको खाता नं।०४२२२३०११०९८३३०००००१ मा रकम जम्मा गरिदिन आग्रह गर्दै सहयोग मागेका छन् ।