भोगचलन गर्दै आएको जग्गा अर्कैका नाममा

गोरक्ष समाचारदाता
देउखुरी, २८ असार । गढवा गाउँपालिका—५ गंगापरस्पुरकी भीमा केसीले भोगचलन गर्दै आएका जग्गा भोगचलन गरेको जग्गा अर्कै व्यक्तिले आप्mनो नामम दर्ता गरेका छन् । साविक कित्ता नम्बर ९१ र कित्ता नं ९२ को जग्गा उनका बुवा खिमबहादुर खड्काले भोग चलनका लागि उनलाई दिएका थिए ।

सुरुमा रामबहादुर योगीसँग बुद्धिबहादुर थापाले सो कित्ताको जग्गा पास गरेर ल्याए तर बुद्धिबहादुर थापा जिउँदो रहँदासम्म सो जग्गा भेटिएन । पछि कित्ता संशोधन गरेर बुद्धिका छोरा डिल्लीबहादुर थापा र भवगती यादवले लिए । जुन काम लमही मालपोत कार्यालयबाट गत बैशाख महिनामा पास भएको थियो । जब पहिले नभेटिएको जग्गाको कित्ता संशोधन गरी पास गरियो, त्यसपछि जग्गाधनीले भीमालाई घर खाली गराउन आग्रह गरे । त्यसपछि भीमा न्यायका लागि सञ्चार संस्था र कानुन व्यवसायीको सम्पर्कमा आएकी छिन् । सो जग्गामा हकदाबी गर्ने भीमाको कुनै कानुनी आधार भने छैन ।

‘मैले भोग चलन गर्दै आएको जग्गामा मेरो कानुनी स्वामित्व हुन्छ नै भन्ने होइन तर कित्ता संशोधनका नाममा यो जग्गा अरूले अनाधिकृत रूपमा लिन पाइँदैन, यसमा राज्यका निकायले गम्भीर भएर लाग्नु पर्दछ’, भीमाको अभिव्यक्ति थियो । डिल्लीबहादुर र भगवतीले सो कित्ताबाट एक कठ्ठा ४ धुर मात्र क्षेत्रफलको जग्गा पाउनुपर्नेमा कित्तासँगै क्षेत्रफल समेत संशोधन गराएर करिब ९ कठ्ठा जग्गा आफ्नो स्वामित्वमा गराएको उनको आरोप छ ।

उता मालपोत कार्यालय लमहीले भने सो कित्ताको जग्गा वैधानिक रूपमा सम्बन्धित जग्गाधनीको स्वामित्वमा दिइएको बताएको छ । लमही मालपोत कार्यालयका प्रमुख मानबहादुर कुवरकाअनुसार सो जग्गामा खिमाले हकदाबी गर्ने कुनै आधार छैन । सो जग्गा विसं २०२८ सालको नापीदेखि नै अलमलमा परेको थियो । अहिले कानुनी प्रक्रिया पु¥याएर सम्बन्धित जग्गाधनीलाई कित्ता संशोधन सहित स्वामित्व हस्तान्तरण भएको मालपोत प्रमुख कुवरले बताएका छन् । लामो समयसम्म गायव सो जग्गा कसरी उनीहरूका नाममा कित्ता संशोधन गरी स्वामित्व दिइयो भन्ने विषयमा सर्वत्र चासो फैलिएको छ तर यसलाई लमही मालपोत कार्यालयले कानुनसम्मत रजिस्ट्रेसन पास भएको बताएको छ ।