Goraksha

National Daily

वडा अध्यक्षको उपचारका क्रममा मृत्यु

घोराही, २७ असार । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको छ ।

घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बुधबार दिउँसो १२ बजे मृत्यु भएको हो । पुन उपचारका लागि मंगलवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुनुभएको थियो ।

स्क्राबटाइफस कारण बिरामी हुनुभएका वडा अध्यक्ष पुनको आज उपचारका क्रममा मृत्यु भएको रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभएको छ । गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो,‘बिरामी भएपछि मंगलवार प्रतिष्ठानम भर्ना हुनुभएको थियो । अवस्था हेर्दा सामान्य देखिन्थ्यो तर उपचारका क्रममा मृत्यु भएको छ ।’

उहाँका अनुसार सोमबार आफैं उपचारका लागि मोटरसाइकल चलाएर अस्पताल गएका पुनलाई सोही दिन अस्पतालले सामान्य चेकजाँच गरी घर फर्काएको थियो । तर मंगलबार बढी भएपछि भर्ना हुनुभएको थियो । ३९ वर्षीय वडा अध्यक्ष पुन गत बर्षको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।