सहयोग निरन्तर हुन्छ, घरभित्रै बस्नुहोस् : बडा अध्यक्ष पाण्डे
दाङ,३ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्वर १५ ले लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका विपन्नवर्गलाई खाद्यान्न तथा अत्यावश्यक बस्तुको अभाव हुन नदिने पुनः प्रतिबद्धता व्यक्त गरेको छ।
यस अघि करिव ४ सय घरधुरीलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरेको वडाले आज एक अपिल जारी गर्दै पुरानै प्रतिवद्धतालाई दोहोर्याएको हो । वडा अध्यक्ष रमेशकुमार पाण्डेयले दैनिक ज्याला मज्दुरी गरेर खाने वर्गलाई वाँच्न पाउने अधिकारवाट वन्चित नगर्न मनकारी संघ संस्थाहरुको यस अघिको सहयोगको प्रशंसा गर्दै फेरि पनि विगत झै खाद्य सामग्री वा नगद सहयोग गर्न अपिल गरेका छन् । विगतमा गरेको सहयोगले लक्षित वर्गसम्म पुर्याउन सहयोग मिलेको भन्दै अध्यक्ष पाण्डेयले इच्छुक दाताहरुको सहयोगले फेरि पनि सम्वन्धित वर्गमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले उक्त राहत वितरणलाई प्रभावकारी बनाउन भोली दिउँसो सरकारवालासंग छलफल पनि गर्ने भएका छन् । दैनक जसो राहात सकलन र वितरणमा जुट्दै आएका उनले देशमा फेरि लकडाउन अवधी थपिएकाले विश्वनै कोरोना भाइरसवाट जुधीरहेको सङ्टको यो वेला सवै एक भएर अगाडि वढ्नुको विकल्प नभएको चर्चा गर्दै सवै नगरवासीलाई घरभित्रै वसी सहयोग गरिदिन अपिल गरेका छन् ।
