लकडाउन लम्बिए मुठ्ठि दान उठाउनु पर्ने पनि हुनसक्छ : स्थानीय सरकार
दाङ,३ बैशाख । संबाद समूहले कोभिड १९ र जिल्ला समन्वय समिति तथा स्थानीय तहको भूमिकामा भीडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको छ । जिल्ला समन्वय समिति दाङ,शान्तिनगरगाँउपालिका र दंङगीशरण गाँउपालिकावीच बुधबार संबाद गराएको हो ।
शान्तिनगरगाँउपालिका अध्यक्ष कमानसिंह डाँगीले पालिकाहरुले अहिलेसम्म दैनिक छाक टार्न नसक्ने परिवार र ब्यक्तिको पहिचान गरी राहत बितरण गरेको जानकारी दिए । परिवर्तित अबस्थामा भने लकडाउन लम्बिन गए हुनेखाने परिवारले मुठिदान गर्नुपर्ने अबस्था आउने उनले बताए ।
भीडियो कन्फ्रेरन्स मार्फत गरिएको संबादमा दङगीशरण गाँउपालिका अध्यक्ष भागीराम चौधरीले अव लगडाउन लम्बिन गएमा खाद्यन्न आपुर्ति, दैनिक उपभोग्य बस्तु र कृषि मल र बिउको अभाब हुने बताए ।
हाललाई श्रमीक र बिपन्न समूदायको पहिचान गरि राहत बितरण गरिएको जानकारी दिएका अध्यक्ष चौधरीले अन्य दैनिक उपभोग्य बस्तुको आपुर्तिका लागि भने कठिनाई हुने जानकारी गराएका छन् । करिव एक महिनाको लकडाउनमा अन्य बस्तुको उपयोग जसो तसो चले पनि अव भने गाँउघरमा आपुर्तिको ब्यबस्था मिलाउनुपर्ने अबस्था सृजना हुने संकेत देखिएको उनको भनाई छ । उनले भने, ‘बर्षदिनका लागि गरिने बर्षे खेतिको संघारमा छौ, अव मल बिउको पनि आबश्यकता पर्ला, यस तर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।’
शान्तिनगरगाँउपालिका अध्यक्ष कमानसिंह डाँगीले पालिकाहरुले अहिलेसम्म दैनिक छाक टार्न नसक्ने परिवार र ब्यक्तिको पहिचान गरी राहत बितरण गरेको जानकारी दिए । परिवर्तित अबस्थामा भने लकडाउन लम्बिन गए हुनेखाने परिवारले मुठिदान गर्नुपर्ने अबस्था आउने उनले बताए । उनले भने, ‘आफु पनि भोगबाट बँच्ने र अरुलाई पनि बँचाउनु प¥यो,यसका लागि सबैलाई आह्वान गर्छु ।’ अध्यक्ष डाँगीले संकटको बेला संघिय सरकार, प्रदेश सरकार र पालिकावीच समन्वय आबश्यक रहेकोमा जोड दिए । यसका लागि जिल्ला समन्वय समितिले समन्वयको भूमिका खेल्ने बिश्वास अध्यक्ष डाँगीको छ । ‘जिल्ला बाहिर रहेका ब्यक्तिले खान र बस्न नपाएको फोन गर्नुहुन्छ, यसमा प्रदेश र जिल्ला समन्वय समितिले ती जिल्लाका समकक्षीहरुलाई फोन मार्फत ब्यबस्थापन गरिदिनु प¥यो’ डाँगीले आग्रह गरे । ‘बनाएका क्वारेन्टाईनमा बस्न चाहदैनन्, यसका लागि मीडियाको भूमिका चाहिएको छ’ भन्दै डाँगीले छिमेकी मुलुक भारतबाट आएका ब्यक्तिको खोजीका लागि प्रहरी र स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने अबस्था रहेको जानकारी दिए ।
जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले १० वटै पालिकाहरुका प्रमुखहरुसँग तत्कालै यसप्रकारको भीडियो कन्फ्रेरन्स गर्ने प्रतिबद्धता जनाए ।
उनले पालिकाबाट आएका समस्यालाई सम्बोधन गर्न प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उनले भने,’बैशाख १५ गतेसम्मको लकडाउन अर्को पटक थप भए त्यसको पूर्ब तयारीमा जुट्नुपर्ने अबस्था देखिन्छ ।’
नेपालीले लकडाउन नै सबैभन्दा राम्रो ओखती कोरोना भाईरस संक्रमण बिरुद्ध भएको साबित भईसकेकाले यसलाई पूर्ण रुपमा पालना गर्न र गराउन सबैलाई आग्रह समेत गरे । संबाद समूहका सहजकर्ता सुष्मा गिरीले सहभागिहरुलाई धन्यबाद ज्ञापन गरेकी थिइन् ।
संबाद समूहले यसअघि कोभिड १९ र प्रमुख जिल्ला अधिकारीको भूमिका,कोभिड १९ र चिकित्सको भूमिका,कोभिड १९ र स्थानीय तहको भूमिका, कोभिड १९ र उद्योग बाणिज्य संघको भूमिकाका बिषयमा भीडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको थियो । संबादको सहजीकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।
