नवलपरासी, २३ असार । लुम्बिनी प्रदेशका बर्दघाट र सुनवलनगरपालिका देशकै पहिलो पूर्ण सस्थागत प्रसुती सेवा युक्त पालिका घोषणा भएका छन् । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा दुई नगरपालिकालाई पूर्ण सस्थागत प्रसुती सेवा युक्त पालिका घोषणा गरेका हुन ।
पालिकाका सबै नागरिकहरु प्रसुतीका लागी अस्पतालमै आउने भएपछि सँस्थागत प्रसुती सेवा युक्त पालिका घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री राजु खनालले कुपोषण र मातृ मृत्युदर धेरै भएको लुम्बिनी प्रदेशमा सस्थागत प्रसुती सेवा सुनिश्चित गर्न सके प्रदेशले स्वास्थ्यमा महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सक्ने बताए ।
मन्त्री खनालले प्रदेश सरकारले अहिले विपन्नको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन र जिल्ला अस्पताललाई बिशेषज्ञ सेवासहित प्रविधियुक्त बनाउने कार्यलाई प्राथमिक्तामा राखेर काम गरिरहेको बताएका हुन । संस्थागत प्रसुती स्वास्थ्यको एउटा सूचक मात्र नभई आमा र बच्चाको अधिकार भएको भन्दै मन्त्री खनालले घोषणा पछिको निरन्तरतालाई ध्यानदिनपनि स्थानीय सरकारलाई आग्रह गरेका थिए ।