Goraksha

National Daily

दाङमा अत्यावश्यक कामका लागि ई-पास

दाङ,३ बैशाख । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले दाङमा लकडाउनको समयमा सवारीसाधन चलाउनका लागि ई-पासको व्यवस्था गरिएको छ । जिल्लामा अत्यावश्यक कामका लागि सवारीसाधन सन्चालनका लागि जिल्ला प्रशासन कार्यालयले ई-पासको ब्यबस्था गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले बुधबार आज एक प्रेस बिज्ञप्ती जारी गरी यस्तो जानकारी दिएका हुन् । लकडाउनको समयमा सवारी पासका लागि बैशाख ३ गतेदेखि ई-पाससेवाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ई-पासका लागि मानिसहरुले epass.moha.gov.np. website वा १११२ मा मोबाइलबाट निवेदन लेख्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले अबदेखि पहिले जस्तो सवारी पास बनाउन जिल्ला प्रशासन कार्यालय आउन नपर्ने जनाएको छ ।