दाङ,१५ असार । स्वच्छ नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा घोराही उपमहनगरपालिका वडा न १५ मा सञ्चार तथा सुचना प्रविधिमा महिलाको पहुँच विषयक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
स्वच्छ नेपालका अध्यक्ष विन्दु गिरीको अध्यक्षता भएको कार्यक्रममा घोराही उपमहनगरपालिका १५ का वडा अध्यक्ष रमेश पाण्डेयले अहिलेको युग सूचना र प्रविधीको युग भएको भन्दै सूचना र प्रविधीले हाम्रो जनजीवन सहज वनाएको बताएका थिए ।
वडा अध्इक्ष पाण्डेयले सूचना र प्रविधीयुक्त वडा वनाएर नागरिकलाई सहज सेवा दिन आफु लागी परेको उनले बताए । चौधरीले हरेक नागरिकको पहँुच सुचना र प्रविधीमा हुनुपर्ने बताउदै यसको प्रयोगमा सावधानी अपनाउनु पनि त्यतिकै जरुरी रहेको वताए ।
कार्यक्रममा नेपाल टेलिकम केन्द«ीय कार्यालयका कृष्ण पौडेलले नेपाल टेलिकमको सेवा, यसको प्रभावकारीताका वारेमा सहभागीलाई जानकारी गराएकी थिइन । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष वसुन्धरा गौतथमले सूचना संचार र आमसंचार र सामाजिक सञ्जाल, यसको प्रयोग, फाइदा र वेफाइदा वारे जानकारी गराएकी थिइन ।
स्वच्छ नेपाल सस्थाका संस्थापक अध्यक्ष सुशीला पौडेलले कार्यक्रममा विषयवारे जानकारी गराएकी थिइन । कार्यक्रममा ३५ वढी महिलाको सहभागीता रहेको थियो । त्यसअवसरमा सहभागी अन्जना मल्ल र लक्ष्मी आचार्यले कार्यक्रम प्रभाबकारी र उपगोगी भएको बताएका थिए । सहभागीहरुलाई नेपाल टेलिकमले एक एक वटा सिम समेत उपलब्ध गराएको थियो । कार्यक्रम नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय अन्तरगत आयोजना गरिएको थियो ।