अम्बिकेश्वरी क्याम्पसमा बृक्षारोपन

दाङ, १५ असार । असार १५ को अवसर पारेर अम्बिकेश्वरी क्याम्पसमा बृक्षारोपन गरिएको छ ।

क्याम्पस प्रमुख चन्द्रप्रकाश खनाल, क्याम्पस अध्यक्ष द्रोण खड्का, सहायक क्याम्पस प्रमुख राजसिंह जोरा, क्याम्पस निर्देशक बसन्तराज रिजाल, क्याम्पस अनुशासन बिभाग प्रमुख गौरव भट्टलगायतको सहभागीतामा बृक्षारोपन गरिएको हो । त्यस अवसरमा करिब एक सय जना विद्यार्थी सहभागी रहेको थियो ।

कार्यक्रमको ब्यबस्थापन अम्बिकेश्वरी स्ववियु सभापति रणबहादुर खड्का कोषाध्यक्ष राजन घर्ती र सदस्य बिनोद चौधरी, सन्जय केसी, गौरव बस्नेतले गरेका थिए । त्यसअवसरमा कपुर, समी, दालचिनी, धुपी र अशोकका बिरुवा रोपिएको थियो ।