ज्योतिपुञ्जका विद्यार्थीलाई मोटिभेशनल कार्यक्रम

दाङ, १४ असार । ज्योतिपुञ्ज एजुकेशन ग्रुपले बिहिवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई मोटिभेशनल कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ ।

विद्यार्थीहरुलाई अनुशासित, संस्कारितासँगै अध्ययन अध्यापनमा प्रेरित गर्ने उद्देश्यले मोटिभेशनल कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल अग्रेजी स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई मोटिभेशनल कार्यक्रम गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय प्रालिका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिएका छन् ।

कार्यक्रममा योगगुरु, प्रशिक्षक एंव मोटिभेटर रविन्द्र बस्नेतले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले पालना गर्नुपर्ने अनुशासन, उनीहरुको ब्यक्तित्व बिकास, असल बानी ब्यवहार, अभिभावकप्रतिको जिम्वेवारी, संस्कार र संस्कृति, काम र पढाईबिचको समन्वयलगायतका बिषयमा प्रशिक्षण गराइएको थियो । कार्यक्रममा एउटा विद्यार्थी बिहान उठेदेखि राती नसुत्दासम्म समय तालिका नै बनाएर अघी बढ्नपर्ने बिषयमा जानकारी गराईएको थियो ।

ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष युवराज थपलियाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको आवश्यकतामाथि विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले प्रकाश पारेका थिए । कार्यक्रममा ज्योतिपुञ्ज आवासीय माविका सञ्चालकहरु ध्रुवराज पौडेल, माधव खनाल, शालिकराम खनाल, ज्योतिपुञ्ज मोडेल अग्रेजी स्कुल विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनाल, प्रिन्सिपल शिव भडारी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका छन् । कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यापक पूर्णचन्द्र पाण्डेयले गरेका छन् ।