सूचना र प्रविधिको महत्वबारेमा सचेतना

दाङ,१४ असार । स्वच्छ नेपालको आयोजना र नेपाल टेलिकमको प्रायोजनमा घोराही उपमहनगरपालिका वडा न १७ मा सञ्चार तथा सुचना प्रविधिमा महिलाको पहुँच विषयक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

स्वच्छ नेपालका अध्यक्ष विन्दु गिरीको अध्यक्षता भएको कार्यक्रममा घोराही उपमहनगरपालिका १७ का वडा अध्यक्ष रामलौटन चौधरीले अहिलेको युग सूचना र प्रविधीको युग भएको भन्दै सूचना र प्रविधीले हाम्रो जनजीवन सहज वनाएको बताएका थिए ।

चौधरीले सूचना र प्रविधीयुक्त वडा वनाएर नागरिकलाई सहज सेवा दिन आफु लागी परेको उनले बताए । चौधरीले हरेक नागरिकको पहँुच सुचना र प्रविधीमा हुनुपर्ने बताउदै यसको प्रयोगमा सावधानी अपनाउनु पनि त्यतिकै जरुरी रहेको वताए ।

कार्यक्रममा दलित महिला सदस्य शिवा विकले महिलाको पहँुच सूचना र प्रविधीमा हुन जरुरी रहेको बताउदै यसको उचित प्रयोगले महिलाको जनजीवन सहज हुने बताइन । वडा सदस्य विकले अहिले सामाजिक सञ्जाल तथा सूचना प्रविधीले किशोरकिशोरी तथा महिलाहरुमा अनेक प्रकारका हिसा हुने गरेको वताउदै यसको उचित प्रयोगका वारेमा जानकारी लिन यस्ता कायक्रमहरुले सहयोग पुग्ने वताइन ।

कायक्रममा सहभागीहरु बाल कल्वका अध्यक्ष पुष्पा वुढाथोकी, सहभागी भुमा वलीलगायतले आजको कार्यक्रमले नेपाल टेलीकमको सेवा,यसको प्रभावकारीता र सुचना संचार र आमसंचार र सामाजिक सञ्जाल यसको प्रयोग र यसको फाइदा र वेफाइदा वारे जानकारी पाएको वताउदै ग्रामीण क्षेत्रमा गरिएको यसप्रकारको सचेतनामुलक कार्यक्रम टोलवस्तीसम्म लैजानुपर्ने वताएका थिए ।

कार्यक्रममा दाङ महिला जेसीजका अध्यक्ष नारायणी भण्डारीले अहिले सूचना प्रविधीको दुरुपयोग गरि महिला तथा किशोरीमाथि हुने हिसा न्यूनीकरणमा सहयोग पुग्ने बताएकी थिइन । स्वच्छ नेपालका सदस्य प्रतीक्षा अधिकारीको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रममा संस्थापक अध्यक्ष सुशीला पौडेलले विषयवारे जानकारी गराएकी थिइन । नेपाल पत्रकार महासंघका अध्यक्ष वसुन्धरा गौतमले प्रशिक्षण दिएकी थिइन । कार्यक्रमको सहजीकरण स्वच्छ नेपालका सचिव रेखा शर्माले गरेकी थिइन । स्वच्छ नेपालले शुक्रवार सचेतनामुलक कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न १५ गर्ने पनि गर्ने भएको छ ।