सरस्वती मावि भरतपुरको अध्यक्षमा विवेक श्रेष्ठ

दाङ,१४ असार । दाङको घोराहीउपमहानगरपालिका वड नं १५ भरतपुर (काठेकोल) को विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष विवेक श्रेष्ठ चयन भएका छन् । अभिभावकहरुको आज बिहिवार सम्पन्न भेलाले चार जना अभिभावकसहित अध्यक्षमा श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सर्वसहमतिले चयन गरेको हो ।

ब्यवस्थापन समितिको सदस्यहरुमा अभिभावकहरुबाट सदस्यमा बसन्तकुमार गुप्ता, रेशमराज भण्डारी, रेखा बस्नेत र बसन्ता नेपाली चयन भएका छन् । घोराहीउपमहानगरपालि वडा नं १५ को नमुनाविद्यालयका रुपमाचयन यस विद्यालयमानगर कार्य पालिकाबाट मनोनित सदस्यहरु बुद्धिप्रकाश पौडेल र बिष्णु कालाथोकी हुनुहुन्छ । वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेय पदेन सदस्य र प्रधानाध्यापकवसन्तापौडेल सदस्य सचिवका रुपमा रहने ब्यवस्था छ ।

यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा दिर्घबहादुर खत्री र सदस्यहरुमा हिरालाल गुप्ता, निशा नेपाली, कमला बादी, इश्वरी पौडेल, गोपाल रावल र सुनिता गिरी रहेका छन् । शिक्षक अभिभावक संघका अध्यक्ष शिशिर अधिकारीको सभापतित्वमा भएको भेलामा घोराही उपमहानगरपालिका सामाजिक महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेल र घनश्याम वली, निवर्तमान अध्यक्षविवेक श्रेष्ठ, पद्मोदयपब्लिक नमुना माध्यमिक विद्यालय भरतपुर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीलगायतकाले बोलेका थिए ।

विद्यालयका प्रधानाध्यापकव सन्ता पौडेलले कार्यक्रममाथि प्रकाश पारेका थिए । सहायक प्रधानाध्यापक दिपककुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक रमेश गौतमले गरेका थिए ।