घोराही,११ असार । ७ दिने भाबातित ध्यान शिविर घोराहीको हिन्दु बिद्यापीठमा सम्पन्न भएको छ । बिद्यालयका प्राचार्य भोलानाथ योगीको सभापतित्वमा सोमवार सम्पन्न भएको हो ।
शिविरमा नेपाल महर्षी वैदिक फाउन्डेसनका निर्देशक मिनराज अधिकारीले प्रशिक्षण दिएका थिए । बिद्यालयका सम्पूर्ण शिक्षकशिक्षिका तथा कक्षा ८,९ र १० का बिद्यार्थीलाई ध्यान प्रशिक्षण दिइएको थियो । सहभागीहरुलाइ भाबातित ध्यान अन्तर्गत सिद्धिको प्रशिक्षण दिएको थियो ।
बिगत २ बर्षदेखि हिन्दु बिद्यापिठ नेपाल स्कुलमा बालबालिका तथा शिक्षक र शिक्षिकाहरुको लागि ध्यान कक्षा हुँदै आएको छ । त्यसै अन्तर्गत सोमवार भावातित ध्यानको सिद्धी कार्यक्रम सम्पन्न भएको हो ।