भुवन पोख्रेल
तनाव हाम्रो दैनिक जीवनको एउटा हिस्सा जस्तै हो । हामी विभिन्न कारणले तनाव भोगिरहेका हुन्छौँ । वास्तवमा तनाव हाम्रो जीवनको दैनिकी बनिसकेको छ । जस्तै साथी गुमाएको, नोकरी छुटेको सम्बन्ध बिग्रेको आदिका कारणले पनि तनावमा परिरहेका हुन्छौँ तर पनि तनावलाई व्यवस्थापन गरी यसबाट हुने नकारात्मक असर कम गर्न सके स्वस्थ जीवन जिउन सकिन्छ ।
व्यक्तिमा उत्पन्न हुने मानसिक दवावको अवस्था तनाव हो । वातावरणमा आएके परिवर्तनका कारण व्यक्तिमा देखिएको शारीरिक तथा मानसिक परिवर्तनको स्थिति नै तनाव हो । व्यक्तिको सहनशीलतामा चुनौती दिने माग वा धम्कीका रुपमा तनावलाई लिने गरिन्छ । तनाव भनेको कुनै पनि व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक र व्यवहारगत अवस्था हो जसलाई चुनौतीका रुपमा अनुभूति गरिन्छ ।
मानिसको दिमागले जब कुनै अवस्थाको सामना वा परिवर्तन परिवेशअनुसार आफूलाई समायोजन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ, त्यसबेला तनाव उत्पन्न हुन्छ । अर्को शब्दमा भन्ने हो भने कुनै पनि व्यक्तिको अपेक्षाभन्दा विपरित अवस्थाको सामना गर्नुपर्ने अवस्था आउँदा त्यहाँ तनाव देखा पर्छ । यस अवस्थामा मानिसहरुमा डराउने, अत्तालिने, हतास हने, रिसाउने, नसोचेको व्यवहार देखाउने जस्ता गतिविधिहरु देखिन्छन् । अधिक कार्यभार, साधन र स्रोतको अप्रयस्तता, जागिरको स्थापित नहुनु, लक्ष्य पूरा नहुनु आदि तनाव सिर्जनाका प्रमुख कारण हुन् ।
तनाव वातावरणीय परिवर्तनको उपज भएकाले तनावको असर व्यक्ति पिच्छे फरक हुन्छ तर तनावलाई व्यवस्थापन गर्न सकिन्छ । तनाव जीवनको अनिवार्य सर्त हो । सामान्यतया तनावलाई नकारात्मक दृष्टिकोणबाट मात्र हेरिन्छ तर सबै अवस्थामा यसले नकारात्मक नतिजा मात्र प्रस्तुत गर्दैन । यसको सकारात्मक मूल्य पनि रहेको हुन्छ । तनावले व्यक्तिलाई क्रियाशिल बनाइ लक्ष्य प्राप्तितर्फ अग्रसर गराइ सन्तुष्टि प्रदान गर्छ । यसले नतिजामा अधिकतम सन्तुष्टि प्रदान गर्छ ।
तनाव विभिन्न कारणहरुबाट उत्पन्न हुन सक्दछ । सबै व्यक्तिको तनावको कारण एउटै हुन्छन् भन्न सकिदैन् । दुई व्यक्तिले एउटै परिस्थितिमा पनि उस्तै गहिराइको तनाव महशुस नगर्न सक्छन् । यसको अर्थ हुन्छ एउटै परिस्थितिमा एकले तनाव महशुस गरिरहेको बेला अर्को निस्फिक्री जीवन जिइरहेको हुन्छ । तनावका आन्तरिक कारणहरुमा दीर्घकालीन चिन्ता, निराशावादी सोच, कठोर सोच, नकारात्मक मनोभावना, अवास्तविक आशा, अहमता आदि हुन् । बाह्य कारणहरुमा जीवनका महत्वपूर्ण परिवर्तनहरु, कार्य, बिग्रिएको सम्बन्ध, आर्थिक समस्या, पारिवारिक समस्या, व्यस्तता आदि हुन् ।
तनाव सिर्जना हुने अनेकन अवस्थाहरु हुन्छन् ः ती मध्ये ठूला मागहरु पूर्ति गर्नुपर्ने अवस्था, असम्भावित घटना जस्तै आर्थिक सङ्कट, जीवनको सङ्क्रमणकाल जस्तै बसाइसराइ, पारपाचुके आदि । सामाजिक विचलन, जीवनमा कुन कार्य क्षेत्र रोज्ने भन्ने अष्पष्टता, उच्च मनोकांक्षा जस्तै नाम दाम दुवै कमाउने । कहिलेकाहीँ आत्मनियन्त्रणले पनि तनाव उत्पन्न गर्छ उदाहरणका लागि इच्छाएको जीवनशैली जिउन नपाएको अवस्थाले पनि तनाव सिर्जना हुन्छ ।
तनावले असरहरु थुप्रै पु¥याउँछ । तनावबाट सिर्जना हुने शारीरिक असरहरुमा टाृँको दुखाइ, अनिद्रा, मांसपेशी दुखाइ, हातखुट्टा काप्नु, असिनपसिन हुनु, पेट दुख्नु, छिटोछिटो सास फेर्नु आदि । तनावद्धारा सिर्जित हुने मानसिक असरहरुमा झनक्क रिसाउनु, उत्साहमा कमी आउनु, बिर्सने बानी, अत्यधिक चिन्ता, संयमहीनता, आकूलब्याकुल हुनु । तनावबाट स्वास्थ्यमा थुप्रै असरहरु देखिन्छन् जस्तै मानसिक चिन्ता, वजन सम्बन्धी समस्या, मुटुरोग, पाचनक्रिया सम्बन्धी समस्या संज्ञानात्मक र स्मरणशक्ति सम्बन्धी समस्या आदि ।
परिवर्तित वातवरण अनुकूल व्यक्तिको व्यवहार पनि रुपान्तरण गर्ने र तनावलाई सिर्जनात्मक एवम् रचनात्मक बनाइ व्यक्तिको शारीरिक एवम् मानसिक सन्तुलनलाई कायम राख्ने काम तनाव व्यवस्थापन हो । तनाव व्यवस्थापनका सामान्य उपायहरुमा तीन पटक लामो श्वास लिने, साथी समूह र शिक्षकसँग घुलमिल हुने कुराकानी गर्ने, पछाडिबाट गन्ती गर्दै आउने, गीत संगीत सुन्ने, योग ध्यान गर्ने, चित्र बनाउने, समय तालिका बनाएर काम गर्ने, कामको प्राथमिकता निर्धारण गर्ने, लक्ष्य निर्धारण गर्ने, दृश्यावलोकन गर्ने, पुस्तक वा पत्रपत्रिका पढ्ने, खेलखेल्ने आदि गर्नुपर्छ ।
तनाव व्यवस्थापन प्रमुख तीन उपाय छन् ती हुन, समर्पण्, प्रतिरोध र सम्झौता हुन् । समर्पण भनेको तनावलाई स्वीकार गरिएको वा तनावसँग हारेको अवस्था हो । तनाव दिने पक्षसँग जुध्न नसकेर सर्मपण गर्नु पक्कै पनि राम्रो कुरा होइन तर कतिपय अवस्थामा समर्पण गर्दा शान्तिपूणृ निकास निस्किन्छ भने यसो गर्न सकिन्छ किनभने समस्याले तनाव निम्त्याउने र गुणात्मक हिसावल बढेर जाने स्थितिले मानिसलाई सफलताभन्दा असफलतातिर धकेल्ने सम्भावना बढेर जान्छ । यसैले तनाव मुक्त हुनका लागि कहिलेकाहीँ समस्यासँग लड्नुभन्दा समर्पण गरेकै बेस हुन्छ ।
यति भन्दैमा समर्पणको अर्थ हार मान्नु होइन बस समस्याको प्रकृति र गहनता हेरेर बेवास्ता गर्नु हो । यसैले समर्पण तनाव व्यवस्थापनको एउटा उपाय मान्न सकिन्छ, यदि मिर्पण गरेर समस्याको समाधान अर्थात् तनाव कम हुन्छ भने यसलाई तनाव व्यवस्थापनको सकारात्मक उपायका रुपमा लिन सकिन्छ ।
प्रतिरोध भन्नाले तनाव उत्पन्न गर्ने कारक वा विचारको प्रतिकार गर्ने कार्य हो । प्रतिरोधमा बदलाको भावनाले कार्य गरिन्छ । तनावको कारकप्रति रिस पोख्ने, भौतिक आक्रमण गर्ने, प्रतिवाद गर्ने जस्ता कार्यहरु यस उपायमा पर्दछन् । यस उपायले पनि तनाव तत्काललाई समाधान गर्ने भएपनि दीर्घकालीन रुपमा सकारात्मक काम गर्दैन । यसले दिने नतिजा अधिक तर नकारात्मक हुन्छन् ।
सम्झौतालाई कतिपय मानिसले आफूले चाहेको इच्छा वा आकांक्षालाई त्याग्ने भनेर बुझ्ने गर्दछन् । तर सही अर्थना सम्झौता भनेको मिलेर अघि बढ्नु हो । मानिसले हर्कालाई स्वीकार गर्न जान्नु हो ।
सम्झौतालाई तनाव व्यवस्थापनको सबैभन्दा उत्कृष्ट उपायका रुपमा लिने गरिन्छ । सम्झौतालाई तनाव दिने पक्षसँग मेलमिलापको वातावरण तयार गर्ने कार्य भनेर बुझ्न सकिन्छ । यो उपाय अपनाउँदा व्यक्तिले आफ्ना शैलीगत, आचरणगत र व्यवहार जन्य गतिविधिमा सम्झौता गरी सो अनुरुपको व्यवहार वा कार्य गर्दछ । कुनै व्यक्तिले रोजगारी खोज्ने क्रममा उत्कृष्ट खोज्नु र नपाउँदा तनावको सामना गर्नुपर्ने हुन सक्छ । उसले सम्झौता गर्न सकेमात्र उपयुक्त रोजगारी प्राप्त गर्न सक्छ ।
व्यवहारिक जीवनमा बिना सम्झौता धेरै कुरा सम्भव हुँदैन । त्यस्तै कुनै पुरुषले विवाह गर्ने क्रममा सबै गुण सम्पन्न नारी खोज्नु र चाहेअनुसार विवाह गर्न नसक्दा तनाव सिर्जना हुन्छ तर पुरुषले केही न केही कुरा शिक्षा, रुप वा सौन्दर्य, धनसम्पत्तिमा सम्झौता ग¥यो भने मात्र जीवनसाथी पाउन सक्छ र उसको तनाव पनि व्यवस्थापन हुन्छ । कुनै पनि व्यक्तिहरु वा पक्षहरुका बीचमा सम्झौता हुँदा दुवै पक्षहरुले केही न केही त्याग गर्न सक्नुपर्छ । दुवै पक्ष परिवर्तन हुनुपर्छ र झुक्नुपर्छ । तबमात्र दुवै पक्षका लागि, जितजितको अवस्था सिर्जना हुन्छ । यस्तो अवस्था भनेको दुवैका लागि हर्ष बढी तनाव कम हुनु हो । यो उपाय दीर्घकालीन रुपमा तनाव व्यवस्थापन गर्ने उत्तम तरिका हो ।
तनाव व्यवस्थापन गर्ने भन्ने बित्तिकै विचार, मनोभावना, कार्यगत व्यवहार आदिको नियन्त्रण लाई बुझाउँदा । तनाव व्यवस्थापनको अन्तिम लक्ष्य भनेको सन्तुलित जीवन नै हो । जसको फलस्वरुप काम, सम्बन्ध, आराम, मनोरञ्जन आदिका लागि समय निकाल्नुका साथै दवाव सहेर पनि उत्थानशील हुन सकिन्छ ।
तनाव व्यवस्थापनका लागि थुपै्र रणनीतिहरु अपनाउनुपर्छ । तनावको स्रोत पहिचान गर्ने, तनावका सङ्केतहरु पहिचान गर्ने, जीवनलाई निरन्तरता दिने, सधै क्रियाशील रहने, अन्य व्यक्तिसँग सम्पर्कमा रहने, आराम र मनोरञ्जनका लागि समय निकाल्ने, समय व्यवस्थापन गर्ने तथा स्वस्थ जीवनशैली कायम गर्ने, सम्बन्ध स्थापना गर्ने, तनावसँग अनुकूल हुने, सकारात्मक सोचको विकास गर्ने, मस्तिष्कलाई आराम दिने गर्नुपर्छ ।
जब व्यक्ति तनावको स्थितिमा रहन्छ तब उसले आफ्नै संवेगलाई नियन्त्रणमा राख्न असर्मथ हुन्छ । तनावले मानिसलाई आक्रमण्क बनाउँछ । जब कुनै व्यत्तिः बोली र व्यवहारले आक्रमक हुन्छन् तब द्वन्द्वको स्थिति निम्त्याउँछ । तनावयुक्त व्यक्तिलाई के सही के गलत छुट्याउन मुस्किल हुन्छ । यस्ता हृन्हृात्मक परिस्थिति उत्पन्न हुन नदिन तनाव व्यवस्थापन गर्नुपर्छ । त्यसैले तनाव व्यवस्थापन नै द्वन्द्व व्यवस्थापनको आधार हो । सकारात्मक सोचबाट मनमा आनन्द खुसी र प्रसन्नता तनावबाट कमै पीडित हुन्छन् ।
तनावबाट मुक्त हुन वर्तमानमा केन्द्रित हुने, भविष्यको चिन्ता नलिने । अरुसँग तुलना नगर्ने यसरी समय बर्वाद नपार्ने । अरुले आलोचना गरे भनेर नरिसाउने यसलाई पृष्टपोषणका रुपमा लिने । क्षमा दिने र माफी माग्ने बानीको विकास गर्ने । सहजताका साथ समस्या सुल्झाउने । सहयोगी भावनाको विकास गर्ने । काम नै पूजा पूजा नै धर्म र धर्म नै सेवा सम्झौँ । समय, अवस्था, परिस्थिति र वातावरणअनुसार चल्नु उत्तम हुन्छ ।
शदल्न नसक्ने परिस्थिबारे सोचेर नबस्ने गर्नुपर्छ तनाव हटाउनका लागि कसैसँग ईष्या, डाहा, घृणा गरी बदला लिनु समय बर्वाद गर्नु मात्र हो । यसले आफैलाई नोक्सानी पु¥याउँछ । तसर्थ आफैलाई बदल्दै ‘आफू भलो त जगत भलो’ भनी सकभर सबैलाई राम्रो गर्नु उत्तम हो । अहँकार जीवनको शत्रु हो त्यसैले पद, प्रतिष्ठा, धनको अहँकार गर्नु ठिक हुँदैन । उचित भोजन, व्यायाम तथा मनोरञ्जन गर्ने । तनावलाई जीवनको एउटा पाटो डानेर स्वस्थ जीवशैली अपनाउन सक्दा तनाव व्यवस्थापन गर्न सकिन्छ ।