विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दंगीशरण, ६ असार । दंगीशरण गाउँपालिका वडा न ३ ले अफ्नो वडाभित्रका सामुदायिक बिधालयका जेहन्दार तथा बिपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरेको छ ।

वडाले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरी ३४ जना छात्ररछात्राहरुलाइ शैक्षिक सामाग्री बितरण गरेको हो । शिक्षण सिकाइका क्रममा विद्यार्थीहरुलाइ पठन पाठन गर्न समस्या हुने गरेको भन्ने गुणासो पछि शिक्षण सिकाइ गर्न सजिलो होस भन्ने उद्देश्यका साथ बाल विकासदेखि कक्षा ५ सम्मका जेहेन्दार तथा बिपन्न बिधार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले जानकारी दिएका छन् ।

कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले हुनेखानेले मात्र राम्रो शैक्षिक सामाग्रीसहित पठन पाठन गर्न पाउने अवस्थाको अन्त्यका लागी परेको बताए । सस्थागत बिधालय सरह सामुदायिक बिधालयको गुणस्तरीयतामा बढाउन आफु छुट्टै भिजनका साथ अगाडी बढिरहेको बताए ।

त्यस्तै शैक्षिक सामाग्री बितरण गर्दै जिल्ला समन्वय सदस्य टोपाराम चौधरीले पहिलेको शिक्षाको अवस्थाको स्मरण गर्दै अहिलेका विद्यार्थी धेरै भाग्यमानि भएको उल्लेख गरे । वडाले आर्थिक बर्ष २०७९र८० को स्वीकृत कार्यक्रम अनुसार हिउदे अधिबेशन बाट बिनियोजित गरी बालबालिकाको क्षेत्रमा खर्च गरेको हो ।

वडाले वालविकासका विद्यार्थीलाइ खेलाउने सामाग्री सहित ज्ञान प्रदान गर्न र कक्षा ५ सम्मका प्रथम, द्द्तिय,र तृतीय हुने विद्यार्थीको हौसला प्रदान गर्न सैक्षिक सामाग्रीको बितरण गरेकोथियो । वडा न ३ का सचिब भक्तिराम पाण्डेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण वडा न ३ का वडा सदस्य लक्ष्मणदास चौधरीले गरेका थिए ।