लमही,६ असार । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ को नियमित बैठक बुधबार लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङले क्षेत्रमा रहेका पार्टीका संगठनहरुले नियमित बैठक तथा अन्य संठनिक गतिविधि चुस्तदुरुस्त गर्न र जनतासंग कांग्रेसलाई जोड्न गरेका निर्णयलाई अक्षरस कार्यान्वयन गराउनका लागि क्षेत्रले आफ्ना सल्लाहकार र सदस्यहरुलाई जिम्मेवारी तोकेको छ ।
बैठकले राप्ती गाउँपालिका–१ मा सुशीला चौधरी, २ मा भुपेन्द्र घर्ती, ३ मा प्रियास्मृती गजमेर, ४ मा तारा घिमिरे, ५ मा सम्साद अलि खाँ, ६ मा जोखु चौधरी, ७ मा गणेश चौधरी, ८ मा कृष्णबहादुर चौधरी र ९ मा किरणविक्रम शाहलाई जिम्मेवारी दिइएको छ ।
लमही नगरपालिका –१ मा खेम चौधरी, २ मा गीता चौधरी, ३ मा उमाकान्त चौधरी, ४ मा गंगा चौधरी, ५ मा ध्रुबकुमार चौधरी, ६ मा बिनोद पाण्डे, ७ मा अजय न्यौपाने, ८ मा उर्मीला चौधरी र ९ मा तिलक बुढाथोकीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै घोराही उपमहानगरपालिका– १ मा गिरीराज गिरी, २ मा खुशल ओली ३ मा तारा गिरी र बलिराम केसीलाई ५ नम्वर वडामा खटाईएको छ ।
यसैगरी राजपुर गाउँपालिका–१ मा ओमप्रकाश यादव, २ मा बुद्धि चौधरी, ३ मा प्रकाश जिसी, ४ मा रामप्रसाद यादव, ५ मा दिनेश गिरी, ६ मा रीता विक र ७ मा सहजराम वर्मालाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी गढवा गाउँपालिका–१ मा खड्गबहादुर विक, २ मा श्रीपद चौधरी, ३ मा अयोध्या प्रसाद चौधरी, ४ मा बालचन्द्र हमाल, ५ मा ओभा पाठक, ६ मा रत्न प्रसाद श्रेष्ठ, ७ मा सकुन्तला गिरी र ८ मा अब्दुल वाहाव सिद्दिकीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै अबदेखि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले घुम्ती बैठकको शुरूवात गर्ने भएको छ । क्षेत्रले हरेक महिनाको ६ गते पार्टी कार्यालय रातो डाडामा नियमित बैठक गर्दै आएको थियो । अब साउन ६ गतेदेखि देउखुरीका सबै क्षेत्र समेटिने गरि घुम्ती बैठक गर्न लागिएको क्षेत्रीय सचिव हरिहर शर्माले जानकारी दिएका छन् । यसैविच बैठकले आगामी साउन ६ गते नियमित बैठक घोराही उपमहानगर पालिका–५ मा पर्ने धारापानी मन्दिर परिसरमा बस्ने निर्णय गरेको छ ।
सधै पार्टी कार्यालयमा बसेर छलफल गर्नुभन्दा १ नम्बर क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रचारप्रसार पनि हुने र रिफ्रेसमेन्ट पनि हुने भएकोले यस्तो निर्णय गरेको क्षेत्रीय सभापति पाण्डेले जानकारी दिए । आउँदा दिनमा देउखुरी क्षेत्रमा रहेका बगार बाबा धाम रिहार, बाघनाथ बाबा धाम जंगलकुटी, जखेरा ताल, कठबेरुवा लगायतमा घुम्ती बैठक राखिने भएको छ ।