घोराही, ६ असार । नेपाली कांग्रेस क्षेत्र नं. २ ले सदस्यहरुलाई हरेक वडाहरुमा खटाएको छ । क्षेत्रीय समितिको बुधवार घोराहीमा बसेको बेठकले ‘नयाँ सदस्य प्रवेशका लागि वडा र टोलको क्रियाशिलता’ अभियान अन्तरगत क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई क्षेत्रमा रहेका वडाहरुमा खटाउने निर्णय गरेको हो ।
क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षतमा बसेको बैठकले क्षेत्र अन्तरगतका २७ वटा वडाहरुमा प्रतिनिीि खटाएको हो । जसअनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा कमल गौतम, १३ मा देवा सुवेदी, १४ मा ताराबहादुर डिसी र तुलसीकुमारी वली, १५ मा चित्रबहादुर डाँगी (निर्मल), १७ मा रञ्जीत श्रेष्ठ, १८ मा दानबहादुर बुढाथोकी, १९ मा रमेशकुमार पाण्डे, बंगलाचुली गाउँपालिका १ मा तेजमणी दाहाल, २ मा धनेश्वर आचार्य, ३ मा हिमाल महरा, ४ मा मधुसुदन अधिकारी, ५ मा पदमराज शर्मा, ६ मा हरिबहादुर घर्ती, ७ मा दिनेश नेपाली, ८ मा प्रज्ञान रेग्मीलाई खटाएको छ ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा जंगबहादुर जिसी र बदरुदिन राईन, ७ मा निमबहादुर चौधरी, ८ मा रेखा केसी र शान्ता घिमिरे, ९ मा पार्वती योगी, १० मा गोपालप्रसाद भुषाल, ११ मा झगबहादुर बस्नेत र जयभोला परियार, १२ मा खुमाकुमारी खड्का र लक्ष्मी गिरी थापा, १६ मा शारदादेवी दाहाल र गोवद्र्धन डाँगीलाई खटाईको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा जगुलाल चौधरी र सीता चौधरी, १७ मा युवराज आचार्य, १८ मा राधा भण्डारी र १९ मा हिमबहादुर रावतलाई खटाईएको छ ।
बैठकले क्षेत्र नम्बर २ ले प्रतिनिधीसभा क्षेत्रीय प्रशिक्षण शाखा गठन गरेको छ । नेपाली कांग्रेस केन्द्रिय निती अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा निर्देशन बमोजिम नियमावलीको दफा ३३ को उपदफा ४ बमोजिम उपसभापति प्रकाश श्रेष्ठ संयोजक रहेको प्रतिनिधिसभा क्षेत्रिय प्रशिक्षण शाखा गठन गरिएको छ । यस्तै क्षेत्रीय कार्यसमितिले बर्षाको समय सुरु भईसकेकाले किसानहरुलाई सहज रुपमा मल उपलब्ध गराउन अनुरोध गरेको छ । हरेक बर्ष बर्षाको समयमा किसानहरुले सहज रुपमा मल नपाउदा धान रोपाईमा समस्या भईरहेकाले आवश्यक मल समयमै सहज, सरल, समावेशी र निष्पक्ष तरिकाले उपलब्ध गराउन सम्बन्धीत सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गरेको हो ।