भ्रामक विवरण पोष्ट गरेको भन्दै दाङमा एकजना प्रहरी नियन्त्रणमा
दाङ, बैशाख २ । जिल्ला प्रहरी कार्यालय दाले जिल्लामा कोरोना संक्रमण देखिएको भनी फेसबुकमा लेख्ने एकजना युवालाई नियन्त्रणमा लिएको छ । जिल्लामा कोही पनि संक्रमित नभएको अबस्थामा त्रास फैलाउने गरी तथ्यहिन सूचना लेख्दा त्यसवाट जनजीवन आतंकित हुने भएका कारण निजलाई पक्राउ गरिएको डिएसपी सुमित खड्काले जनाएका छन् । पक्राउ पर्नेमा घोराही १५ बस्ने दीपक न्यौपाने रहेका छन् ।
