नेपालमा संक्रमीको संख्या १६ पुग्यो
काठमाडौं वैशाख २ । -यापिड टेष्टका क्रममा संक्रमण देखिएका सनसिटी अपार्टमेण्टमा बस्ने ३ जना मध्य दुई जनाको पुनरपरीक्षणका क्रममा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बाँकी एकको भने परीक्षण भैरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रायको फेसबुक पेजमा लेखिएको छ,:
‘पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड(१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ९५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला० को पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ देखिएको छ भने बाँकी १ जनाको हालको परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईनमा टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने निजहरू संग संलग्नहरूको tracing सुरू भएको छ ।’
