Goraksha

National Daily

लकडाउन बैशाख १५ सम्म : सरकार

काठमाडौं, वैशाख २ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।कोरोना संक्रमीहरुको संख्या बढ्दै गरेको अबस्थामा कुनै पनि रुपमा हेलचेक्र्याई गर्न नहुने अबस्थालाई मध्य नजर गर्दै यो निर्णयमा सरकार पुगेको एक मन्त्रीले बताए । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको जानकारी पनि उनले दिए ।