प्रमोद आचार्य
दंगीशरण,३० जेठ । दंगीशरण गाउँपालिकाको आयोजनामा ७ दिने दुना टपरी सिप विकास तालिम सुरु भएको छ ।
‘सिप सिकौ, आत्मनिर्भर बनौ’ भन्ने उद्देश्यका साथ गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रममार्फत दुना टपरी बनाउने मेसीनसहित सिप विकास तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिती गाउँपालिका अध्यक्ष शम्भु गिरीले सिप सिकेर सिप हासिल गर्न मात्र नभई सफल उद्यमी बन्न सक्नुपर्ने बताए ।
उनले खेतीपातीमा मात्र निर्भर नभइ विभिन्न सिप हासील गरी आत्मनिर्भर बन्न सकिने भन्दै जंगलमा खेर जाने पातलाई सदुपयोग गर्न सके आम्दानी गर्न सक्ने बताएका हुन ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा न ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रोशनजंग शाहले दुना टपरीका लागी वडा न ६ राम्रो संम्भावना भएको वडा भएकाले तालिममा सभागी महिलाहरुलाई आर्थिक आम्दानी बढाउनका लागि राम्रो सम्भावना भएको बताए । कार्यक्रमको सहजीकरण लघु उधम साखा प्रमुख कल्पना बिष्टले गरेकी थिइन ।