प्रमोद आचार्य
दंगीशरण,३० जेठ । दंगीशरण गाउँपालिकाको आयोजना तथा परिवार नियोजन संघ दाङको प्राबिधिक सहयोगमा महिलाहरुको प्रजनन्े स्वास्थ्य सम्वन्धी निशुल्क शिविर दंगीशरणमा सुरु भएको छ ।
दंगीशरण गाउँपालिकाको आर्थिक बर्ष २०७९र८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार महिला प्रजनन निशुल्क स्वास्थ्य शिविरमा पाठेघरको स्क्रीनिङ ब्यबस्थापन शिविर आयोजना गरिएको अध्यक्ष शम्भु गिरीले बताएका छन् ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले महिलाको प्रजनन् स्वास्थ्यका विषयमा गम्भीर रहेको भन्दै सुत्केरी प्रोत्साहन भत्तादेखि कार्यक्रम हुदै पाठेघरको निशुल्क शिविर जस्ता कार्यक्रम गरी महिलाहरुको क्षेत्रमा थुप्रै कार्यक्रमहरु अगाडि बढाइएको बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले महिलाहरूको सेवा र महिला लक्षित कार्यक्रममा आफु सदैब तत्पर रहेको बताइन । त्यस्तै उपाध्यक्ष खड्काले पाठेघरको नियमित चेकजाँच गर्नुपर्ने र चेकजाँच गर्न लाज र हिनताबोध मान्न नहुने बताइन ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराई,वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले शिविरबाट सबै पालिकावासी महिलाहरुले लाभ लिन आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकाका नर्सिङ राधा शर्माले गरेकी थिइन ।