तुलसीपुर, ३० जेठ । दाङको शान्तिनगरमा जनतासगं नेपाली कांग्रेस कार्यक्रम सुरु भएकोे छ । नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकाले मंगलवारदेखि कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रम गाउँपालिकाभित्रका ७ वटै वडामा सञ्चालन गरिने नेपाली कांग्रेस शान्तिनगर गाउँपालिका सभापति झलक केसीले जानकारी दिएका छन् । सोही कार्यक्रम अन्तरर्गत मंगलवार पहिलो चरणमा वडा नं. ४ स्थित गब्दुवा निवासी सुखबहादुर घर्तीको घर पुनःनिमार्ण गरिएको उनले बताए ।
‘आर्थिक अवस्था एकदमै न्युन भएका सुखबहादुर घर्तिको घर पानी चुहिएर ढल्नै लागेको थियो,सभापति केसीले भने,पहिलो चरणमा हामीले दिनभर खटिएर घर्तिको घरमा टिनको छाना लगाइ मर्मत–सम्भारको काम सम्पन्न गरिदिएका छौं ।’ सभापति केसीले एक–एक महिनाको अन्तरमा गाउँपालिकाभित्रका प्रत्येक वडामा एउटा नमुनायोग्य काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जनतासगं प्रत्यक्ष सरोकार राख्ने नेपाली कांग्रेस शान्तिनगर गाउँपालिका कार्यसमिति,वडा कार्यसमिति,टोल विकास संस्थाका पतिनिधि,स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।