प्रियास्मृती गजमेर
दाङ,३० जेठ । किसानको मागलाई मध्यनजर गर्दै लमही नगरपालिका–१ ले सिंचाईका लागि किसानलाई मोटर प्रदान गरेको छ । वडा नं. १ मा रहेको वृद्धआश्वम टोलका किसानहरुलाई सिंचाईका लागि मोटर प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिएका छन् ।
‘टोलमा वीस घरधुरी संख्या छन् । उनीहरुलाई खेतीयोग्य जमिनमा सिंचाई पुग्ने गरि एउटा मोटर प्रदान गरेका छौ’,वडा अध्यक्ष पौडेलले भने,‘तत्काल एउटा मोटर दिएका छौ ।थप आवश्यक परेमा पछि फेरी सहयोग गर्नेछौ ।’
मंगलबार टोलबासीलाई वडा कार्यालयमै बोलाएर २ हर्स पावरको मोटर प्रदान गरिकेको र बुधवार÷विहीवारसम्म पुनः अर्को मोटर प्रदान गर्ने कार्यक्रम रहेको उनले बताएका छन् ।