भरतपुर खानेपानीको नयाँ ट्याङकी हस्तान्तरण

हेमराज शर्मा
दाङ,२७ जेठ । भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति घोराही १५ भरतपुर दाङले तोकिएको समयमा खानेपानी आयोजना सम्पन्न गरेको छ । घोराही उपमहानरपालिका मार्फत नेपाल सरकारको ससर्त अनुदानमा २४ लाख ९५ हजार ५ सय ६३ हजारको लागतमा तयार भएको हो ।

कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख नरुलाल चौधरीले भरपुर खानेपानीले राम्रो काम गरेको र पानीको श्रोत सुकिरहेको अबस्थामा पानीको संरक्षण गरेर भरतपुर खानेपानीले राम्रो काम गरेको बताउनुभयो । उहाले उपभोक्तालाई पानीको सहज तरिका बाट पुराएकोमा धन्यबाद दिनुभयो ।

घोराहीमा पानीको समस्या हुन नदिन भरतपुर खानेपानीले राम्रो तरिकाले काम गरेको र कार्यसमितिको लगनशिलताले नयाँ बोरिङ समयमा सम्पन्न भएर हस्तान्तरण गर्ने सफल भएको बताउनुभयो ।

सोही कार्यक्रममा बिशिष्ठ अतिथि घोराही उपमहानगरपालिका उप प्रमुख हुमा डिसीले खानेपानी मानिसको महत्तवपूर्ण भूमिका हुने भएकाले भरतपुर खानेपानीले पानीको मुहान संरक्षण गरेर पानीको ब्यबस्थापन गरेको बताउनुभयो । उहाँले सबैको घर घरमा सहज तरिकाले पानी पुरयाउने काम गरेकोमा खुशी ब्यक्ति गर्नुभयो ।

भरतपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष शंकर गौतमले १४ सय घर धुरीलाइ भरतपुर खानेपानीले सेवा दिएको बताउनुभयो । पाइपलाइन विस्तारको काम समितीले गर्नुपर्ने अबस्थामा भयकाले नगरपलिकाले सहयोग गरेमा पाइप विस्तार गर्न सजिलो हुने बताउनुभयो ।

गर्मी सिजनमा दिनमा चार घण्टा पानी बितरण गर्ने उदेश्यले नयाँ पानी ट्याङकी तयार गरिएको बताउनुभयो । २०७९ चैत २ गते आयोजना सम्झौता भएर २०८० जेठ १२ गते सम्पन्न भएको जानकारी दिनुभयो । सहसचिव मीनराज लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब यकेन्द्र बहादुर रानाले गर्नुभएको थियो ।