लक्ष्मण बस्नेत
दाङ,२७ जेठ । पतंजलि योग समिति नेपालको आजिवन सदस्य द्वय समाजसेवी व्यक्तित्व उत्तमकुमार श्रेष्ठ र गोकर्ण गिरीलाई सम्मान गरिएको छ ।
पतंजलि योग समिती तुलसीपुर नगर समिति र अरनिको साधना केन्द्र तुलसीपुरले आज शनिवार अन्तराष्ट्रिय योग दिवसको प्रोटक अनुसार सामाजिक तथा धार्मिक क्षेत्रको उन्नयनमा महत्त्वपूर्ण भुमीका निर्वाह गरेकोमा उच्च प्रशंसासहित आजिवन सदस्य द्वय श्रेष्ठ र र गिरीलाई सम्मान गरिएको तुलसीपुर नगर समिती सचिव पूर्णप्रसाद धितालले जानकारी दिनुभएको छ ।
कार्यक्रम अरनिको साधना केन्द्र तुलसिपुरका अध्यक्ष लोक राज गिरिको अध्यक्षता तथा पतंजलि योग समिती लुम्बिनी प्रदेश सोसल मिडिया प्रभारी डा अरुण कुमार श्रेठको प्रमुख आतिथ्य एवं तुलसिपुर नगर प्रभारी दिपक शाहको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा अरनिको साधना केन्द्र संचालनका लागि महत्त्वपूर्ण सहयोग पुर्याउने युवा व्यवसायी तथा योग साधक अनुप कुमार श्रेष्ठ,बिनिल केसी, निर्मल कुमार पौडेल,देब बहादुर केसी, बिनिता केसी र चन्दन वलीलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन तुलसीपुर नगर समिति सचिव पूर्ण प्रसाद धितालले गर्नु भएको थियो ।