घोराही, २० जेठ । गढवा गाउँपालिकाको आर्थिक सहयोग र स्वच्छ नेपालको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ५ मा घरेलु हिसां, लैगिंक हिसां तथा मानव वेचविखन सम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
स्वस्च्छ नेपालका अध्यक्ष विन्दु गिरीको अध्यक्षता तथा वडा अध्यक्ष लेखबहादुर थापाका प्रमुख आतिथ्यतामा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
सचेतना कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले हिंसा रहित परिवार, समाजले मात्र समतामुलक र सम्मुन्त राष्ट्र निमार्ण गर्न सकिने बताए । यस्ता विषयबारे आम नागरिकहरुलाई जानकारी दिनका लागि सचेतना कार्यक्रम निकै महत्वपूर्ण हुने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष वसुन्धरा गौतम र महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष सुशीला पौडे्लले प्रशिक्षण दिएका थिए । तालिममा ३५ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रेखा शर्माले गरेकी थिइन ।