नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा दाङमा प्रर्दशन

दाङ २० जेठ । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा दाङमा प्रर्दशन भएको छ ।

युवा संघ, अनेरा स्ववियु र किसान महासंघले सनिवार बेलुका घोराही बजारमा प्रर्दशन गरेका हुन । संवैधानिक रुपमा निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र विधिको शासनको अपमान गरेको उनिहरुले आरोप छ ।

विधेयक प्रधानमन्त्री भारत भ्रमणमा निस्कनुअघि हतार हतार प्रमाणीकरण गरिएको थियो । विधेयक जेठ १७ गते राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थिए । प्रर्दशन पछिको कोणसभालाई युवा संघ नेपालका निर्वाचन आयोगका सचिव गोपाल नेपाली, अनेरा स्ववियुका केन्द्रीय सदस्य सर्जन परियार र किसान महासंघ दाङका अध्यक्ष केशव गिरीले संवोधन गरेका थिए ।