दाङ, १९ जेठ । समाज कल्याण केन्द्र नेपालले बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
केन्द्रले घोराही उपमहानगरपालिका वडा नंम्वर १८ मा रहेको अम्बिकेश्वरी आधारभुत विद्यालय बेलघारीमा अध्ययनरत विपन्न परिवारका विद्यार्थिहरुलाई विद्यालय पोशाकसहित शैक्षिक सामाग्री सहयोग गरेको हो ।
केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यता एवं विद्यालयका प्रधानाध्यापक चेतनाथ गौतमको विशिष्ट आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी सहयोग सामाग्री वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थिहरुलाई विद्यालय पोशाक सहित कापी, कलम र ईलेजर सहयोग गरिएको केन्द्रका अध्यक्ष गौतमले जानकारी दिइन्। उपाध्यक्ष निरजा पोख्रेललको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव अन्जना मल्लले गरेकी थिइन् ।
केन्द्रले विभिन्न सामाजिक कार्यहरु गदै आएको छ । आमा शिक्षा कार्यक्रम, खुत्रुके बचत कार्यक्रम, लागु औषध दुव्यसनी विरुद्धको सचेतना कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।